शुभनारायण यादव / सप्तरी ।
अगामि मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा सप्तरी क्षेत्र नं ३(क) को प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फ सिफारिस भएका ई संजिव नारायण यादव मधेश प्रदेश सहित जिल्ला वासीहरुको चर्चाको विषय बन्न पुगेका छन्। ईन्जिनियर संजिव को नाम जनता समाजवादी पार्टी, नेपाल को केन्द्रिय परिपत्र अनुसार उहॅा को नाम सिफारस भएका हुन् ।उहॅाले पूर्ण विश्वास को साथ पार्टी र गठबन्धन भएतापनि उम्मेदवार बनाउने कुरा दाबी गरेका छन। उक्त क्षेत्रमा विष्णुपुर गाउॅपालिका, शम्भुनाथ नगरपालिका को वार्ड १ देखी ११ सम्म र रुपनी गाउॅपालिका रहेको कुरा बताएका छन।
प्रत्यक्ष तर्फ सिफारिस भएका युवा ईन्जिनियर संजिव नारायण यादव मधेशको राजनितिमा नयाँ अनुहार भएकै कारण समग्र प्रदेशमा उन्को बारे चर्चा परिचर्चा चल्ने गरेको छ । उहॅ पूर्वान्चल विश्वविधालय बाट सिभिल संकाय मा ईन्जिनियरिंग र टियू को आंगिक क्याम्पस बाट समाजशास्त्र विषयमा स्नातकोत्तर अध्ययन गरेका यादव, जनता समाजवादी पार्टी, नेपाल को शुभेच्छुक संस्था नेपाल ईन्जिनियरिंग समाज को केन्द्रीय सह-अध्यक्ष रहि ईन्जिनियरहरु माझ विभिन्न नेतृत्वदायी भुमिकामा कार्य गरिसकेका लोकप्रिय अनुहार हुन् ।साथै ईन्जिनियर मधेश प्रिमियर लिग को अध्यक्ष र हेल्प मधेशी समाज सप्तरी को सल्लाहकार समेत रहेको छ। उहॅाले २०६४ सालमा मधेश टाईम्स र द पब्लिक प्रेस को ईटहरी समेपादक को रुपमा पत्रकारिता मा आबद्ध रहेको थियो।
मध्यमवर्गिय परिवारमा जन्मेका ईन्जिनियर यादव नेपाली समाजमा राजनिती प्रतिको आम धारणामा सकारात्मक परिवर्तन ल्याउनका लागी आफु राजनितिमा अग्रसर भएको बताउछन् । उॅहा को पारिवार को सदस्यहरु समेत राजनितिमा सक्रिय रहेके हुदॅा यादवको बुवाले राजनितिमा गरेको योगदान र समाजको विकासका लागी गरेका सामाजिक कार्यहरुले आफुलाई प्रेरणा दिएको र सकारात्मक समाज निर्माण बाट मात्रै देशमा विकास सम्भव छ भन्ने कुरामा विश्वास राख्दछन् । आफुमा रहेको अनुभव र सोहि क्षेत्रका अग्रजहरुको अनुभव ,युवाहरुको जोसलाई साथमा लिएर आफ्नो क्षेत्रलाई नमुना क्षेत्र बनाउने लक्ष्य रहेको उन्ले बताएका छन।
जनता को लागि संचालन गरेको सेवा यस्तो रहेको छ।
ईन्जिनियर यादवको पारिवारिक ब्यवसाय कम्पनी द्रारा विष्णुपुर गाउॅपालिका, शम्भुनाथ नगरपालिका, रुपनी गाउॅपालिका को सम्पूर्ण आम जनता र पत्रकारहरु लाई निशुल्कमा घरको नक्सा, डिजाईन र सुपरभिजन कार्य को सेवा दिईरहेको कुरा बताएका छन।
#शिक्षा
-Diploma in Civil Engineering
-Bachelor in Civil Engineer (PU)
-Bachelor in Humanities
Subject- Mathematics, Population
(Tribhuwan University)
-Master in Sociology
(Tribhuwan University
#राजनितिक पृष्ठ भूमी
उहॅा को बुवा सूर्य नारायण यादव नेपाली कांग्रेस मा बिगत ४८ वर्ष देखी लगातार सॅघर्ष गर्दै आईरहेको बेला प्रजातान्त्रीक आन्दोलना अहम भूमिका निर्वाह गर्ने क्रममा यादव को बुबा २०३९ र २०४२ मा भएको स्थानिय चुनाव समेत लडिसक्नुभएको परिवारको सदस्य हो, उहॅा को बुबा कांग्रेस पार्टी छोडनु भन्दा पहिला नेपाल प्रजातान्त्रीक सेनानी संघ को जिल्ला कार्यबाहक सभापति समेत रहनुभएको थियो। २०७४ को स्थानिय चुनाव पछि राजपा मा प्रवेश गर्दै हाल जसपा नेपालमा आबद्ध हो।उहॅा सूर्य नारायण यादव को कान्छो छोरा हो भन्ने ठूलो सत्येन्द्र नारायण यादव सप्तरी जिल्ला को चर्चित युवा मध्ये एक हो,,ईन्जिनियर को दाजु बिगत लामो समय बिधार्थी लौकतान्त्रीक फोरम नेपाल को जिल्ला अध्यक्ष हुदै हाल जसपा नेपाल संग आबद्ध रहेको समाजवादी युवा संघ को प्रदेश सदस्य समेत रहेको छ।
ईन्जिनियर को राजनीति यात्रा
-२०६० सालमा सप्तरी को राजविराज मा मधेशी जनअधिकार फोरम को अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा मधेश जनजागरन अभियान मा मधेशी को अधिकार सुनिशिचित गर्न को लागी रैली मा सहभागी भएको देखी राजनिति गर्ने रुची जागेको थियो।ति अभियानमा अध्यक्ष उपेन्द्र यादव,आरडी अजाद र ई संजिव नारायण यादव सहित ३१ जना को उपस्थिति मात्र रहेको कुरा बताएका छन।
-२०६४ सालमा CTEV अन्तर्गत रहेको Techinacial Students Union को पूर्वान्चल सदस्य
-२०६४ सालमा मधेशी जनअधिकार फोरम, नेपाल को दोस्रो महाधिवेशन विरगंज मा हुदॅा १५ दिन अगाबै पुगेर ईन्जिनियर संगठन यादव सहित को टोलीले पार्टीले दिएको जिम्मेवारी सौहाद्रपूर्ण तरिका बाट महाधिवेशन मा भाग लिन देश को विभिन्न जिल्ला बाट आएकोलाई खाना र बस्ने ब्यवस्थापन को कार्य सम्पन गरेको बताएका छन।
-२०६४/०६५ सालमा
(२०६४ सालमा मधेश आन्दोलन को समयमा, मधेशी विधार्थीहरु को नेतृत्व गरेर सुनसरी जिल्ला को विभिन्न ठाउँमा पुगेर कार्यक्रमहरु गर्दा नेपाल प्रहरी द्वारा इटहरी बाट समातेर थुनामा राखिएको कुरा बताउनु भएको छ)
-२०६८ सालमा
(२०६८ सालमा कलेज को ईकाई चुनाव भन्दा दुई दिन पहिले पूर्वाञ्चल विश्वविद्यालय विराटनगर बाट सारेर गोठगाउँ मा स्थापना गर्न को लागि कांग्रेस, एमाले र माओवादी को निर्णय विरुद्ध मा आन्दोलन गरेको थियो,उक्त आन्दोलनमा नेपाल प्रहरी द्वारा घेरा हालेर पक्राउ गर्दै यादवलाई कुटपिट गर्दै थुना हुँदै होस्पिटलमा भर्ना भएको थियो।त्यस आन्दोलनमा जसपा नेपाल को केन्द्रीय अध्यक्ष श्री उपेन्द्र यादव ज्यू को श्रीमती पार्वती यादव को टाउको समेत फुटेको कुरा जानकारी गरेको थियो।)
– २०६८ सालमा इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग विराटनगरमा भएको काउन्सिल चुनाव यादवको नेतृत्व को मधेशी ईन्जिनियरिङ् स्टूडेन्ट यूनियन द्रारा दुई तिहाई सिट संख्यामा विजय प्राप्त गरेको बताए।
– २०६८ देखि २०७२ साल सम्म
मधेशी ईन्जिनियरिङ् स्टूडेन्ट यूनियन(मेसु)
को अध्यक्ष
– २०७२ देखी २०७७ साल सम्म
मधेश ईन्जिनियर्स एसोसिएसन (MEA)
को केन्द्रीय अध्यक्ष
-२०७७ देखी हाल सम्म
जसपा पार्टी संग आबद्ध रहेको नेपाल ईन्जिनियरिंग समाज को केन्द्रीय सह-अध्यक्ष रहेको छ।
Discussion about this post