इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविमा अध्ययरत्त बालबालिकाहरुलाई गर्मीमा असहज भएको गुनासो आएपछि विद्यालय व्यवस्थापन समितिका सदस्य जयकृष्ण यादवले चार थान पंखा विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । यादवले भौतिक पूर्वाधारसगैं शैक्षिक गुणस्तर र विधार्थीको नियमितताको लागि भन्दै चार थान पंखा विद्यालयका प्रधानाध्याक तेजनारायाण यादवलाई हस्तान्तरण गर्नुभएको हो । सदस्य यादवले विद्यलायलाई नमुना बनाउने उदेश्यका साथ पहिलो चरणमा आफ्नै पहल र दाताहरुको सहयोगमा शैक्षिक सामग्री वितरण, अतिरिक्त कार्यक्रम र पुरस्कार तथा सम्मान कार्यक्रम गरेको बताउनुभयो । यादवले आफू विद्यालय व्यवस्थापन समितिमा आएपछि शैक्षिक गुणस्तरमा सुधारको साथै कक्षा ११ र १२ को पठनपाठन सुरु गर्ने प्रण दिएको र पहिलो चरणमा निर्वाचित भएको १० औ दिनमा ५८ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर विद्यालयलाई चार थान पंखा सहित ,विद्यालयमा अनुशासन पालन गर्ने, विद्यलायमा नियमित उपस्थिती हुने, विद्यालयको अचारसंहिता पूर्ण पालन गर्ने सात विधार्थी र दुई अभिभावकलाई सम्मान गरिएको हो । दिवसका अवसरमा सम्मानित हुने बालबालिकाहरुमा कक्षा १० का विष्णु कुमार यादव, रेमश कुमार यादव, कक्षा ९ का सितल कुमार यादव, रविन्द्र ठाकुर, कक्षा ८ का अन्जना उराँव र कक्षा ७ का अमन कुमार मेहता रहनुभएको छ । सम्मानितहरुलाई सम्मान पत्र, दोसल्ला र स्टेस्नरी हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक तेजनारायाण यादवले जानकारी दिनुभयो । दिवशको अवसर पारेर महिला स्वास्थ्य स्वयम सेविका भई बाल अधिकार र बाल स्वास्थ्यको क्षेत्रमा गर्नुभएको योगदानको कदर गर्दै भोक्राहा नरसिंह गाउँपालिका ७ का महिला स्वयमसेविका बुधोदेवी यादव र दलित अधिकारको क्षेत्रमा काम गर्नुभएका सत्यनारायण मण्डललाई पनि सम्मान गरेको समितिले जनाएको छ ।
Discussion about this post