शुभ नारायण यादव /सप्तरी । आज भन्दा १८ वर्ष अगाडि स्थापना भएको सबल नेपाल राजविराजले अगामि बर्षमा झन्डै १९ कराेडकाे कार्यक्रम सन्चालन गर्ने भएकाे छ । सबल नेपालकाे १७ औं बार्षिक साधारण सभामा सबल नेपालकी अध्यक्ष जुना गिरीले सार्वजनिक गरेकाे बार्षिक प्रतिबेदनमा साे कुरा उल्लेख गरिएको छ । आर्थिक बर्ष २०७९/०८० मा झण्डै १८ कराेड ७१ लाख ९४ हजार बराबरको बार्षिक अनुमानित बजेट सार्वजनिक गरिएको हाे । सार्वजनिक गरिएको प्रतिबेदन अनुसार समुन्नति कार्यक्रममा ५ कराेड ८५ लाख , खानेपानी तथा सरसफाइ स्वच्छता कार्यक्रममा ६ कराेड २५ लाख , साेर्यउर्जा प्रबर्द्धन कार्यक्रममा १५ लाख १४ हजार , शुद्ध खानेपानी माथि सहज पहुँचका लागि कार्यक्रममा ३५ लाख ५० हजार , देवि प्रकोप राहत तथा काेराेना राेकथाम कार्यक्रममा ३ कराेड ५० लाख , पुर्ण सरसफाइ अभियानमा १ कराेड ५० लाख , कृषिमा आधारित कार्यक्रममा ४५ लाख ३५ हजार र सस्था सन्चालन तर्फ सम्पर्क तथा शाखा कार्यालय समेत गरि ६५ लाख ९५ हजार बराबरको कार्यक्रम सन्चालन गर्ने जनाएको छ । खासगरि सामाजिक रुपान्तरणका लागि शिक्षा ,स्वास्थ ,कृषि ,खेलकुद , सरसफाइ लगायतका बिषयहरुमा कार्यक्रमहरु सन्चालनमा रहेकाे अध्यक्षले जानकारी दिनुभयाे । यस्तै प्रस्तावित कार्यक्रमहरुमा सम्भावित प्रकोपलाई मध्यनजर गर्दै सबल प्रकोप व्यवस्थापन काेष सन्चालनमा ल्याउने र साे खातामा यश वर्ष सस्थाले ५० हजार नगद दाखिला गर्ने , समुदायका ब्यक्तिहरुमा सरसफाइ प्रतिकाे बुझाइलाइ अझ बढाउन पुर्ण सरसफाइ कार्यक्रम सन्चालनलाइ निरन्तरता गर्ने , बाल विवाह मुक्त पालिका बनाउन आवश्यक पहल गर्ने जनाएको छ। यसेगरि पुर्ण सरसफाइ युक्त पालिका बनाउन आवश्यक पहल गर्ने , स्थानीय सरचनालाइ हृदयगण गरि समन्वय तथा सहकार्यमा कार्यक्रम सन्चालन गर्ने , युवा लक्षित कार्यक्रम सगे जिल्लाकाे खस्कदाे खेलकुदकाे अवस्थालाई सुधारको लागि निकायसग आवश्यक पहल तथा सहकार्य गर्ने लक्ष्य रहेको उल्लेख गरिएको छ । यस्तै युवा लक्षित कार्यक्रमलाई प्रभावकारिता दिन नेपाल प्रहरीसग समन्वय र सहकार्यका साथ कार्यक्रम गर्नुका साथै समुदाय र प्रहरी बिचकाे सम्बन्ध अझ सुमधुर पार्न आवश्यक सहकार्य गरिने जनाएको छ । साथै विभिन्न चुनाेतिहरुलाइ आत्मसात गर्दै सामाजिक विकासका थप प्रभावकारि कार्यहरु गर्ने जमर्कोका साथ पहुँच नभएकालाइ लक्षित गर्दै प्रभावकारी सहयोग पुग्ने खालका याेजनाहरु सन्चालन गर्ने लक्ष्य रहेकाे जनाएको छ । यसैगरी बालबालिकाकाे शिक्षाकाे गुणस्तर ,समुदाय तथा प्रहरी बिचकाे सम्बन्ध सुधारका लागि विभिन्न क्रियाकलाप ,पर्यावरणमा सहयोग हुने खालको वातावरणीय संरक्षण ,समुदायको बिकास लगायतको कार्य समेतलाई अगाडि बढाउदै महिलाहरुकाे क्षमता अभिवृद्धि गरी आत्मनिर्भर बनाउने तथा महिलाहरूलाई नेतृत्वदायी भुमिकामा ल्याउन प्रभावकारि रुपमा कार्य गर्नुका साथै युवाकाे समग्र बिकासकाे लागि युवा लक्षित कार्यक्रम सगे खेलकुदका कार्यक्रमलाई समेत सन्चालन गर्ने जनाएको छ । सबल नेपालकी अध्यक्ष जुना गिरीकाे अध्यक्षतामा तथा नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्रवण कुमार देवकाे प्रमुख आतिथ्यमा आयाेजित कार्यक्रममा गेससका केन्द्रीय उपाध्यक्ष ध्रुव देव , काेशी पिडित समाजका देब नारायण यादव , महुलि सामुदायिक विकास केन्द्रका अध्यक्ष श्यामकान्त चाैधरी , मनाेहर पाेखरेल , वाह नेपालका निरज गिरी , सेभ द सप्तरीका खिलानाथ निराेला , समाजसेवी इ. सुर्य नारायण यादव , खडक नगरपालिकाका नगर बाल क्लवका निरज साह , प्रेस स्वतन्त्रता सेनानि बेजनाथ झा , गैसस महासङ्घ सप्तरी अध्यक्ष बलदेव मण्डल , शिक्षा समन्वयका राजदेव यादव , सबल नेपालका स्थापक अशाेक साह लगायतका बक्ताहरुले सप्तरी जिल्लाकाे लागि सबल नेपालले गरेको याेग्दानकाे कदर गर्दै सबल नेपालले सप्तरी जिल्लामा मात्रै नभइ मधेश प्रदेश तथा देशभरी नै कार्यक्रमहरु सन्चालनमा ल्याउनुपर्नेमा जाेड दिनुभयाे । उक्त कार्यक्रममा प्रमुख अतिथि ,बिशिस्ट अतिथि लगायत पत्रकार ,अधिकारकर्मी लगायतकाहरुलाइ दाेसल्ला सहित मायाकाे चिनाे प्रदान गरेको थियाे ।
Discussion about this post