मान बहादुर ठकुल्ला/ टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ८ मा कर्णाली नदी र माेहना नदीकाे दाेभान छ उक्त ठाउबाट रातीकाे समयमा भारत बाट तस्करले लाखाैका सामान नेपाल भित्र्याउने गर्दछन । त्याे स्थानलाई तस्करले जिराे प्वाईन्ट नामाकरण गरेका छन । साेही स्थानबाट नेपाल भित्र्याई टीकापुर बजार लिई रहेकाे अवस्थामा आज बिहान २बजेर ४५ मिनेटकाे समयमा टीकापुर नगरपालिका वडा न ८ बटनपुरबाट सत्ती भन्सार कार्यालय र शसस्त्र प्रहरी बल बिओपी खक्राैलाकाे संयुक्त गस्ती ठाेलीले ४ लाख बराबरकाे सामान पक्राउ गरिएकाे सत्ती भन्सार कार्यालयका निमित्त प्रमुख तुलसी राम चाैधरीले जानकारी दिएका छन । तिहार नजिकिँदै गर्दा भारतबाट तिहार लक्षित सामान तस्करी हुने गरेकाे छ ।तिहारका लागि भन्दै ल्याउदै गरेकाे ईलेक्ट्राेनिक सामान पक्राउ गरिएकाे हाे । पक्राउ गरिएकाे सामानमा झालर लाईट , मल्टिपलक, ईन्भटर ब्याट्री गरि १ लाख ३६हजार र तीन वटा माेटरसाईकल गरि ४लाख ३६ हजार बराबरकाे रहेकाे शसस्त्र प्रहरी बल बिअाेपी खक्राैलाका प्रमुख अशाेक बिष्टले बताए ।सत्ती भन्सार कार्यालय खक्राैलाले चालू अार्थिक बर्षकाे साउनमा ४७ लाख २५ हजार ९ सय ७५ , भाद्र महिनामा २४ लाख ४ हजार २ सय ३५ र असाेज महिनामा १ कराेड१४ लाख ८३ लाख१ सय ६० रुपैया राजस्व संकलन गरेकाे छ । असाेज महिनामा स्टिल उद्योग काे सामान बाट राजस्वमा बृदि भएकाे र अन्य कपडा हाडवेयर्स र ईलेक्ट्राेनिक सामान भने शून्य अवस्थामा आउने गरेकाे भन्सारका सुब्बा दिलिप कुवरले जानकारी दिए ।
Discussion about this post