इनरुवा । सुनसरी क्षेत्र नंम्बर ४ का स्वतन्त्र उम्मेदवार डाक्टर खालिद हुसेनलाई राजनीतिक विश्रलेषक डम्बर खतिवडाले मत माग्न सहयोग गर्नु हुने भएका छ ।
हुसेनले आफ्नो प्रचार प्रसार गरीरहेको बेला खतिवडाले आज बिहान इनरुवा ३ सखुवा गाछीमा स्थानीय मतदाताहरुलाई सम्बोधन गर्दै हुसेनलाई आफुलाई सहयोग गर्ने बाचा गरेको हो । खतिवडाले डाक्टर हुसेनको घरदैलो र कोणसभालाई सम्बोधन गर्दै स्थानीय मतदाता तथा नागरिकहरुलाई मत फेर्न र ठेक्कादारी प्राथा तोड्नका लागि आग्रह गर्दै विकास प्रेमी उम्मेदबारलाई बिजय गराई परिवर्तन ल्याउन आग्रह गरेका छन् ।
खतिवडाले नेपालमा राजनीतिक दलहरुमा नैतिकता र सुविचार नभएका कारण नागरिकहरु जहिल्यैपनि मारमा परेकाले मत परिवर्तन र ठेक्कादारी प्राथा तोड्न जरुरी रहेको बताए ।
खतिवडाले एमाले प्रतिगमन गरेको र कांग्रेसले दशकौ देखी राज्यलाई शोषण र दोहन गरेकाले परिवर्तन ल्याउन मत फेर्नु पर्ने धारणा रहेको बताए ।
उम्मेदवार डाक्टर हुसेनले आफु चिकित्साको विद्यार्थी र समाजसेवी समेत रहेकोले आफुलाई मतदाताले मतदान गर्ने विश्वास व्यक्त गरेका हुन् ।
कार्यक्रममा जसपा नेपालका इनरुवा नगर अध्यक्ष गुलाव शर्माले आफ्नो सर्मथन पार्टी भन्दा स्वातन्त्रका उम्मेदबार हुसेनलाई रहेको बताए ।
त्यस्तै प्रदेश सभा सदस्य उम्मेदवार रघुनाथ मेहताले आफ्नो योगदान र क्षमताको पार्टी भित्र कदर नभएको कारण स्वतन्त्र भएर आएको मतदाताहरुले आफुलाई मतदान गर्न दाबी गरे ।
Discussion about this post