सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ को मतगणना आइतबार बिहान ८ बजे सम्मका लागि स्थगित भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीकाे गेट अगाडि रहेको भगवती माध्यमिक विद्यालयमा भइरहेको मतगणनामा धाँधली गरेको आशंकापछि तत्काललाई मत गणना स्थगित गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाइएकाे छ ।निर्वाचन अधिकृतकाे कार्यालयले दिएको जानकारीअनुसार नेपाली कांग्रेसका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले मतगणनामा धान्धली भएको आराेप लगापछि सर्वदलीय बैठक डाकेको जानकारी दिए ।
हिजो शुक्रवार राती निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम सुचीमा नेकपा एमालेको मत परिणाममा ६०६ मत थप गरि सार्वजनिक गरेपछि नेपाली काङ्ग्रेसले निर्वाचन आयोगबाट खटिएका कर्मचारीहरूले धाँधली गरेको आरोप नेपाली काङ्ग्रेसले मतगणना स्थगित गरिएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।
नेपाली काङ्ग्रेसको तर्फबाट सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका जगदीश प्रसाद कुसियैत लगायतका विभिन्न पार्टीका नेताहरूको सहभागिता रहेको थियोे । मतगणनामा धाँधली भएको विषय समाधान गर्न बसेको सर्वदलीय बैठकमा बाहिरबाट आएका व्यक्तिहरुले होहल्ला गरेपछि बैठक बिथोलिएको हो ।
विवाद बढ्दै गएपछि होहल्ला र ठेलमठेल तथा हात हालाहालको अवस्था सृजना भएको थियो । त्यसपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले होहल्ला गर्नेहरुलाई बाहिर निकालेर हाेहल्ला शान्तिपूर्ण बनाएका छन् ।
सर्वदलीय बैठकमा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्की, एमालेका जगदिश कुसियैत, मुख्य निर्वाचन अधिकृत, सुनसरीका प्रमुख जिल्ला अधिकारीसहित पार्टीका पदाधिकारीहरु सहभागी भएका थिए ।
होहल्ला भएर बैठक बिथोलिएपछि दुवै पार्टीका उमेदवार, प्रजिअ र मुख्य निर्वाचन अधिकृतबीच बेग्लै बैठक कोठामा छलफल चलिरहेको छ । स्थितिलाई भड्किन नदिन छलफल चलिरहेको बताइएको छ । तर, कुनै निर्णय भने हुन सकेको छैन ।
मतगणनास्थल इनरुवाको भगवति मा.वि. परिसर बाहिर कार्यकर्ताहरु भेला हुँदै विरोध गरिरहका छन् ।
Discussion about this post