काठमाडौं । गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भाग लिएका ८ ओटा राजनीतिक दलले मात्र प्राप्त मत मार्फत थ्रेसहोल्ड कटाएका छन् । थ्रेसहोल्ड नकटाएका दलहरुले पाएको मतलाई बदर मत सरह मानिने कानूनी प्रावधान रहेको छ ।
अब जम्मा समानुपातिक सिट ११० ओटालाई प्रतिशतका अधारमा थ्रेसहेण्ड कटाएका दललाई बाँडिने निर्वाचन आयोगले जनाएको छ । आयोगका उपन्यायाधिवक्ता तथा प्रवक्ता गुरू प्रसाद वाग्लेले थ्रेस होल्ड कटाएका दलहरुले मात्र समानुपातिक सिट पाउने बताए ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा नेपाल र जनमत पार्टीले मात्र थ्रेस होल्ड कटाएका छन् ।
भने अन्य दलहरुले थ्रेसहोल्ड कटाउन सकेको छैन । बिगतमा चौथो राष्ट्रिय दल रहेको लोसपा नेपाल यसपटक समानुपातिक तर्फ थ्रेसहोल्ड कटाउन सकेको छैन ।
प्रतिनिधिसभा : समानुपातिकमा सिट पाउने थ्रेसहोल्ड कटाएका दलहरु :
1. कांग्रेस, प्रत्यक्ष ५४ सिट (32.73%) समानुपतिक २५५९०८४ मत (25.88%)
2. एमाले, प्रत्यक्ष ४४सिट (26.67%) समानुपतिक २७००९१४मत (27.31%)
2. माओवादी, प्रत्यक्ष १७सिट (10.3%) समानुपतिक ११४५३४५मत (11.58%)
4. ए. समाजवादी, प्रत्यक्ष १०सिट (6.06%) समानुपतिक २८२६०६मत (2.86%)
5. रास्वपा, प्रत्यक्ष ७सिट (4.24%) समानुपतिक १०९८६४७मत (11.11%)
6. राप्रपा, प्रत्यक्ष ७सिट (4.24%) समानुपतिक ५७११४३मत (5.78%)
7. जसपा, प्रत्यक्ष ७सिट (4.24%) समानुपतिक ३९६४५१मत (4.01%)
8. जनमत पार्टी, प्रत्यक्ष १सिट (0.61%) समानुपतिक ३५९८८८मत (3.64%)
प्रतिनिधिसभा : समानुपातिकमा सिट नपाउने थ्रेसहोल्ड नकटाएका दल :
लोसपा : प्रत्यक्ष ४ सिट (2.42%) समानुपतिक १४८७५६ मत (1.5%)
प्रतिनिधिसभा : समानुपातिकमा सिट नपाउने थ्रेसहोल्ड नकटाएका दलहरु :
1. नेपाल मजदुर किसान पार्टी–७३ हजार ६१८
2. हाम्रो नेपाली पार्टी– ५३ हजार ९२४
3. मंगोल नेशनल अर्गनाइजेशन –४७ हजार ८१०
4. राष्ट्रिय जनमोर्चा–४५ हजार ७२८
5. नेपाल संघीय समाजवादी पार्टी–३९ हजार ७९७
6. नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी)–२९ हजार ६५५
7. राष्ट्रिय जनमुक्ति पार्टी –२३ हजार ३५५
8. जनता प्रगतीशिल पार्टी नेपालले १७ हजार ७७५
9. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च–१७ हजार ४४९
10. नेपाली कांग्रेस (बी.पी) –११ हजार ८८३
11. राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल –११ हजार ६३०
12. नेपालका लागि नेपाली पार्टीले ८ हजार ७२
12. आमुल परिवर्तन मसिहा पार्टी नेपाल–६ हजार ३०७
14. विवेकशील साझा पार्टी–३ हजार ९०७
15. जनसमाजवादी पार्टी नेपाल–२ हजार ३७
16. राष्ट्रिय जनमुक्ति पार्टी –१८ सय ३३
Discussion about this post