शुभ नारायण यादव /सप्तरी । सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिका स्थित जनता माबि सितापुर भुर्किमा गाउँपालिका स्तरिय हाजरि जवाफ प्रतियाेगिता सम्पन्न भएको छ । नेल्टा सप्तरीको आयाेजनामा आयाेजित साे प्रतियोगितामा पालिकाभरिका दस वटा सामुदायिक तथा निजि विद्यालयहरूकाे सहभागीमा सम्पन्न भएको हाे । उक्त प्रतियोगितामा द एभरेष्ट इङगलिस बाेर्डिङ स्कुल पहिलाे , जमावि रतबाला दाेस्राे , जमावि सितापुर भुर्कि तेस्रो र जनचेतना माबि घाेघिदाहा तेस्रो स्थान प्राप्त गरेको छ । नेल्टा सप्तरीका अध्यक्ष अमित कुमार साहकाेअध्यक्षता तथा विघालयका प्रधानाध्यापक श्याम कुमार चाेधरिकाे प्रमुख आतिथ्यतामा आयाेजित कार्यक्रममा सन्जय मेहता,सह सचिव महेशराज चाेधरि ,सदस्य चुनचुन यादव ,हरेराम चाैधरी,राजु मण्डल ,राजु विश्वकर्मा ,अनिता यादव ,शुभर्दा साह ,सुशीला चाैधरी लगायतले आ- आफ्नोे शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । उक्त प्रतियोगितामा पहिलाे ,दाेस्राे , तेस्रो र सान्तावना हुने विघालयलाइ विभिन्न पुरुस्कार तथा प्रशसा पत्र प्रदान गरेकाे थियाे ।
Discussion about this post