महाेत्तरी । श्रीमती नेहा चौधरीमाथि हिंसा गरेको आरोपमा मुछिएका डा. पंकज चौधरीको सम्पत्ति रोक्का भएको छ ।
जिल्ला अदालत महोत्तरीले मानाचामल मुद्दामा सम्पत्ति तथा जग्गा रोक्का गर्न आदेश दिएको छ । महोत्तरीको रामगोपालपुर ५ का चौधरी एक सातादेखि प्रहरीको हिरासतमा छन् । उनीसहित उनको परिवारका ६ जना मिलेर नेहामाथि घरेलु हिंसा गरेको आरोप छ । उनको परिवार भने फरार रहेका छन् । सोही घटनापछि नेहाले श्रीमान पंकजमाथि पाँच वटा मुद्दा दिएकी छन् । करिब एक विघा जमिन पंकज तथा उनको परिवारको नाममा रहेको बताइएको छ । उक्त जमिनको चार भाग हुनेछन् । पंकजको भागमा पर्ने भागको आधा नेहाले पाउने छन् । पंकजले नेहामाथि सम्बन्ध विच्छेद र थुनामा गएपछि निषेधाज्ञा मुद्दा दिएको थियो । निषेधाज्ञा मुद्दा पंकजको बुवा रामप्रवेश चौधरीले दिएका थिए । उनी आँफै अभियुक्त भएपछि सो मुद्दा अहिले उच्च अदालत जनकपुरले तामेलीमा पठाएको छ । उनले गुपचुप तरिकाले मुद्दा दर्ता गराएका थिए । श्रीमानको हिंसाबाट आजित भएपछि नेहाले पंकजमाथि जालसाजी, घरेलु हिंसा, दाइजो सम्बन्धी कसुर , मानाचामल र लिखित बदर गरी पाँच मुद्दा दिएकी छन् । जिल्ला अदालत महोत्तरीले घरेलु हिंसा मुद्दामा संरक्षात्मक आदेश दिएका थिए । त्यसपछि नेहा ससुरा घरमा बास बस्न गएकी थिइन् । त्यहाँ पंकजको परिवारले घरमा ताला लगाइ फरार भएका थिए । त्यसपछि नेहाले प्रदर्शन गर्न थालेकी थिइन् । सोही क्रममा पंकजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Discussion about this post