शुभ नारायण यादव/सप्तरी।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन महिनाभित्र भ्रष्टाचारमुक्त प्रदेश बनाउने प्रतिबद्धता जनाउनुभएकाे छ । सप्तरीको छिन्नमस्ता भगवती मभगवतिकाे आज दर्शन गर्न आएका मुख्यमन्त्री यादवले यस्तो प्रतिबद्धता जनाउनुभएकाे हाे ।
मुलुकमै प्रसिद्ध छिन्नमस्ता भगवतिकाे दर्शन पश्चात् सन्चारकर्मिहरुसगकाे कुराकानिमा उहाले देशैभर क्यान्सर जस्तै मौलाईरहेको भ्रष्टाचार नियन्त्रण गर्न नसकेपनि मधेश प्रदेशलाई ३ महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश बनाईसकेपछि मात्र विकासिय कामलाई गतिदिने बताउनुभयाे ।
उहाले प्रदेश सरकार भन्दा संघिय सरकारमा बढि भ्रष्टाचार भईरहे पनि मधेशलाई बढि बदनाम गरिएको बताउनुभयो ।
साथै छिन्नमस्ता भगवतिकाे विकासका लागि छिन्नमस्ता भगवति मन्दिरले माग गरेका विभिन्न विकासिय योजना भन्दा बढि विकासका काम हुने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
Discussion about this post