इनरुव । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी सरस्वतीको पूजा आज बिहिबार भव्यताकाे साथ मनाइएको छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्तश्रवण गर्ने परम्परा छ ।
एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ/आठ दिनसम्म भेट गरेका थिए । पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो ।
सुनसरी सहित देशभर विधार्थी, शिक्षक तथा शिक्षाका सरोकारबालाहरुले विद्याको देवी सरस्वतीको पुजापाठ गरेर हर्सोल्लासका साथ श्रीपञ्चमी मनाइएकाे हाे । सरस्वती पुजा विद्यालयदेखी शैक्षिक संस्थासम्म र केहीले घरघरमा समेत गरिएको छ । सरस्वती पुजाको अवसरमा सीमावर्ती हरीनगर गाउँपालिका ५ बसन्तपुरको श्री माध्यमिक विद्यालयमा सरस्वती मन्दिरको उद्घाटन गरिएको छ ।प्रदेश सभा सदस्य हाजी इस्राईल मन्सुरीले श्री माध्यमिक विद्यालय हरिनगर ५ बसन्तपुरमा सरस्वती मन्दिरको उद्घाटन गरेको हो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका मंसुरी शिक्षा योगादन र धार्मिक सहिष्णुता आवश्यक रहेको बताए । उनले विद्यालय विद्या आर्जन गर्ने थलो भएकाले यसमा गुणस्तरीयता आवश्यक रहेको बताए ।
उता जिल्ला सदरमुकाम इनरुवाको सरस्वती माध्यमिक विद्यालयमा सरस्वती पुजा उत्सव तथा सांस्कृतिक कार्यक्रम समपन्न गरिएको छ । विद्यालयका प्राधानाध्यापक श्यामदेव मेहताले विधार्थीहरुलाई अक्षारम्भ सहित उनीहरुका बीचमा रहेका कलाहरु प्रदर्शन गर्ने गरी सरस्वती पुजा उत्सव तथा सांस्कृतिक कार्यक्रम समपन्न गरिएको हो विद्यालयका शिक्षक देवकृष्ण यादवले शिक्षाको गुणस्तर सहितको विधार्थी र शिक्षक बिचमा समिक्षा सहित सरस्वती पुजा उत्सव तथा सांस्कृतिक कार्यक्रम गरिएको बताए ।
स्कुलमा अध्ययनरत बालबालिकाहरुले गीत, नृत्य, बाल नाटक र बाल शिक्षाको आवश्कयता समेतका बारेमा सरस्वती पुजा उत्सव तथा सांस्कृतिक कार्यक्रम प्रस्तुतिकरण गरेको थियो ।त्यसैगरी जनता माध्यमिक विद्यालय भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ मा संर्घषशिल युवा क्लबले शैक्षिक सुधारकाे सुरूवात गरेकाे छ भने ब्राईट इगिलिस बोर्डिग स्कूल कुशुमगाछीले समेत मुर्ती पुजा सहित सांस्कृतिक कार्यक्रम गरिएको प्रिन्सिपल विनोद कुमार यादवले जानकारी दिए । उता देवकोटा आधारभुत विद्यालय, भगवती मावि, बालमन्दिर मावि, शारदा मावि र सूर्य किरण एकेडेमी सहितका विद्यालयमा समेत सरस्वती पुजा उत्सवको रुपमा मनाइएको छ । कोशी गाउँपालिकाको कोशी जनता मावि हरिपुरमा समेत सरस्वती पुजाको अवसरमा सांस्कृतिक कार्यक्रम गरिएको जनाएको छ ।
Discussion about this post