इनरुवा । नगर प्रमुख आवास योजना कार्यक्रम अन्तर्गत सुनसरीको दुहबी नगरपालिका क्षेत्रका सुकुम्वासीका लागि ११६ घर वितरणको तयारी अन्तिम चरणमा पुगेको छ ।
नगर प्रमुख बेदनारायण गच्छदारले दुहबी नगरपालिकाभित्र बसोबास गर्ने भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थित र सुरक्षित बसोबासका लागि निर्माण गरेको ११६ वटा घरहरू वितरणको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
नगरपालिकाले वडा नम्बर ११ मा झण्डै चार बिगाह क्षेत्रफलमा तीन वर्षअगाडि निर्माण सुरु गरेको आवासको कार्य लगभग सकिएको उनले बताए । उनले घर पाउनेहरूको नामावली संकलन भइसकेको र अब हस्तान्तरणमात्रै बाँकी रहेको जानकारी दिए ।
Discussion about this post