इनरुवा । प्रदेश १ का स्वास्थ्य मन्त्री निर्मला लिम्बूले जिल्ला अस्पताल सुनसरी र जिल्ला स्वास्थ्य कार्यालयको अनुमगन निरिक्षण गर्नुभएको छ । स्वास्थ्य संस्था र अस्पातलमा सरसफाई नियमित नभएको र स्वास्थ्य सेवा छिटोछरितो नभएको भन्ने गुनासोको आधारमा अनुगमन गर्ने क्रममा मन्त्री लिम्बूले शुक्रबार जिल्ला अस्पताल सुनसरी र जिल्ला स्वास्थ्य कार्यालयको अनुमगन निरिक्षण गर्नुभएको भएको हो ।
अनुगमन गर्ने क्रममा मन्त्री लिम्बूले स्वास्थ्य सेवालाई प्रभावकारी र चुस्त तुरुष्त पार्न निर्देशन दिनुभएको छ । मन्त्री लिम्बूले अस्पातलको सबेलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो । उहाँले अस्पातलका समस्याहरु समाधान गर्नका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । मन्त्री लिम्बूले नेपालको संविधानमा स्वास्थ्य अधिकार मौलिक हकको रुपमा रहेकाले स्वास्थ्य मन्त्रालयले सहयोग गर्ने बताउनुभयो ।
मन्त्री लिम्बूलाई अस्पतालका प्रमुख डा. देवराज घिमिरेले जिल्ला अस्पतातमा शव गृह, रक्तसंचार केन्द्र, आईसीयू, एसआईसीयू सहितको संचालन आवश्यक रहेको बताउनुभयो । घिमिरेले त्यसका लागि प्रदेश सरकारले निर्माणदेखी जनशक्ती सहितको व्यवस्था मिलाई दिन मन्त्री लिम्बूलाई आग्रह गर्नुभयो । अस्पतालमा राजनीतिक हस्तक्षेप बढेकाले काम गर्न समस्या भएकाले आफूलाई काम गर्ने वतावरण बनाई दिन समेत आग्रह गर्नुभयो । मन्त्री लिम्बूले समस्याहरुलाई सम्बोधन गर्न पहल गर्ने बताउनुभयो ।
Discussion about this post