इनरुवा । नेपाली काग्रेंसका केन्द्रिय सदस्य राजीव कोईरालाले वीधिको शासन आवश्यक रहेको बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा इनरुवा जेसिजको ३९ औं साधारण सभाको प्रमुख अथिति रहनुभएका कोईरालाले देशको विकास, सुशासन र समृद्धिका लागि वीधिको शासन आवश्यक रहेको बताउनुभएको छ । शासन व्यक्ति नभई वीधिको हुनुपर्ने जेसिजको मन्त्र नै रहेकाले नारामा मात्रै नभई व्यवहारीक रुपमै हरेक क्षेत्रमा वीधिको शासन आवश्यक रहेको बताउनुभयो । पूर्व राज्य मन्त्री सिताराम मेहताले समेत जेसिजको पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रममा भ्रष्टाचार विरुद्ध आवाज उठाउन जरुरी रहेको र त्यसका लागि जेसिज सहितका संस्थाहरुले पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रमा नेपाली काग्रेंसका जिल्ला सभापती एवम् इनरुवा नगरपालिका प्रमुख केदार भण्डारी, जिल्ला समन्वय समिति सुनसरीका प्रमुख एवुम् जिसस महासंघका केन्द्रिय अध्यक्ष राजन मेहता, सिसस उपप्रमुख कमला खतिवडा, इनरुवा उपप्रमुख विनिता मेहता, पूर्व उपप्रमुख जमुना गौतम पोखरेल, इनरुवा अस्पताल प्रमुख डा. देवराज घिमिरे सहितको उपस्थिती रहेको थियो । उहाँहरुले पनि जेसिजको ३९ औं पदस्थापना तथा पुरस्कार वितरण समारोहको सफताको शुभकामना दिनुभएको थियो ।
त्यसैगरी कार्यक्रममा नेकपा एमालेका नेता सरोज पोखरेल, जनता समाजवादी पार्टीका दिलिपचन्द साह, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष तोया गिरी पोदार सहितको उपस्थिती रहेको थियो ।
Discussion about this post