दिपेन्द्र यादव / सुनसरी। हिन्दुहरुको प्रमुख चाड महाशिवरात्रि अथवा शिवरात्री पनि हो । विशेषगरी यो भगवानशिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामवाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।यही अवसरमा सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ स्थित भब्य शिव मन्दिरको उद्वाटन गरिएको छ ।
नेपाली कांग्रेस पार्टी भाेक्राहा नरसिंह गाउँपालिका गाउँ समितिका सचिव कृपाराम मेहताकाे बुबा गंगाप्रसाद मेहता र आमा जितनी देवी मेहताले व्यक्तिगत लगानीमा निर्माण गरिएको शिव मन्दिरको आज भब्यताकाे साथ उद्वाटन गरिएको हाे ।उक्त मन्दिरको उद्वाटन कृपाराम मेहताकाे बुवा गंगाप्रसाद र आमा जितनी देवीले आफ्नै हातबाट गरेका हुन् ।
आफ्नो मनाेकामना पूरा भएपछि अनुमानित २५ लाखकाे निजी लगानीमा मन्दिर निर्माण गरी भाेक्राहा नरसिंह वडा नम्बरको ७ काे इतिहास रच्न सफल बनेकाले मेहता परिवारलाई गाउँवासीले धन्यवाद ज्ञापन समेत गरेका छन् ।
हुनतः भाेक्राहा नरसिंह गाउँपालिकाकाे ८ वटै वडा मध्ये वडा नम्बर ७ विशेष वडा पर्छन् यहाँका समुदाय अरू वडाकाे समुदायसँग अलिक फरक रहेका छन् ।
महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई उद्वाटन गरिएको शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको पि्रय वस्तु दूध धतुरो र बेलपत्र चढाउने भक्तजनहरूकाे ओइराे लागेको स्थानीय संजय मेहताले बताए। यस मन्दिर लगायत अन्य शिवालयहरूमा आजका दिन उपवास गरी ” ऊँ नमः शिवाय” मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ ।
निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरणकालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशानमूर्तिलाई दूधले स्नान गराइन्छ । अघोरमूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेवमूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् । उता मन्दिर २४ घण्टा साँस्कृतिक कार्यक्रम अष्टयाम समेतकाे तयारी सुरु गरिएको बताए ।
Discussion about this post