इनरुवा । वराहक्षेत्र नगरपालिकामा भई रहेका बिकासका योजनाको निरिक्षण गर्ने नगर प्रमुख रमेश कार्की प्राबिधिक सहित योजना स्थलमा पुग्ने गरेका छन् । निर्मांणाधिन बिकासका योजनलाई गुणस्तरीय तथा दिगो बनाउन नगर प्रमुख कार्की नगरपालिकाका प्राबिधिक सहित कामको निगरानी गर्ने गरेका छन् ।
शनिवार वराहक्षेत्र – २ जागृत चोकदेखि रेल्वेलाइन हुँदै १३ आरडिसम्मको सडकमा भईरहेको कालोपत्रे सडकको निरक्षण गर्ने पुगेका नगर प्रमुख कार्कीले स्थानीयहरुलाई कामको निगरानी गर्न आग्रह गरे । दिगो बिकाश र गुणस्तरीय योजनाकोलागि नगरपालिका लागि परेको बताउदै नगर प्रमुख कार्कीले निर्माणाधीन योजनालाई गुणस्तरीय बनाउन स्थानीयहरु समेत चासो दिनु पर्ने बताए । नगर प्रमुख कार्कीले नगरपालिका प्राबिधिकहरुलाई योजनाको स्टमेट अनुसार काम गराउन निर्देशन समेत दिएका छन् ।
नगरपालिका भित्र संघिय संयोजना, प्रदेश सरकारको योजना तथा नगरपालिकाको योजनाबाट निर्माणाधीन बिकास योजनाको निरक्षण नियमित भईरहेको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत ऋद्बि प्रकाश सिटौलाले बताए । योजनाको निरिक्षण नगर प्रमुख सक्रिय रुपमा लागि परिरहनु भएको र कर्मचारीहरु समेत योजनालाई गुणस्तरीय बनाउन काम गर्ने गरेको प्रमुख प्रशाशकीय अधिकृत सिटौलाले जानकारी दिए ।
Discussion about this post