इनरुवा । सुनसरीमा एउटा घटना सेलाउन नपाउदै पुनः अर्को घटना भएको छ । हरिनगर गाउँपालिका वडा नम्बर ४ हरिनगरा बजार देखि पुर्व जाने बाटाेमा फेरि बाँस घारी अर्काे नवजात शिशु (छाेरी) मृत फालिएको अवस्थामा फेला परेको हाे । यसअघि हरिनगर गाउँपालिकाकाे छिमेकी पालिका भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ हुलाकी राजमार्ग छेउमा नवजात शिशु जिउँदो अवस्थामा फेला परेको थियोे भने आज फेरि मृत अवस्थामा अर्को नवजात शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।उता प्रहरीका अनुसार यसअघि फेला परेकाे बच्चाको बारे थप अनुशान्धान जारी रहेको भएपनि फेरि अर्को घटना दाेहाेरिएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राइले जानकारी दिए ।
दुईदिन नबित्दै हरिनगर गाउँपालिका वडा नम्बर ४ हरिनगरा बजार देखि पुर्व गल्ली बाटाेमा बाँस घारीमै पुनः अर्काे नवजात शिशु बेवारिसे अवस्थामा मृत फेला परेको हाे ।
नवजात शिशुलाई कसले बाँस घारीमा छाड्यो त्यस्को विषयमा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले बताए ।
प्रहरीले नवजात अवैध सम्बन्धका कारण जन्मिएर बेवारिसे अवस्थामा छाडिएको आशङ्का गरिएको छ ।
Discussion about this post