वराहक्षेत्र।वराहक्षेत्र नगरपालिका महिलाहरुलाई उद्यमी बनाउने उदेश्यले बिभिन्न तालिमहरु सञ्चालन भईरहेका छन् । महिलालाई स्वरोजगार संगै उद्यमी बनाउनकालागि सिलाई कटाई , जुत्ता चपल , डल, कुशल, बनाउने प्राबिधिक सीप बिकास तालिमहरु नगरपालिकाले सञ्चालन गरेको हो ।
नगरपालिकाको आर्थिक बर्ष २०७९/०८० सालको बार्षिक स्वीकृत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत वराहक्षेत्र नगरपालिका वडा नं ११ मधुवनमा २४ जना र वराहक्षेत्र ६ मा ६ जना गरेर ३० जना महिलालाई उक्त सिलाई कटाई तालिम प्रदान सञ्चालन भईरहेको छ ।
त्यस्तै वडा नं ९ मा गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम ( मेड्पा) अन्तर्गतनै प्राबिधिक सीप विकास डल, कुशल, बनाउने तालिम १६ जना र प्राबिधिक सीप बिकास जुत्ता चपल बनाउने तालिम १६ जनालाई प्रधान भईरहेको वराहक्षेत्र नगरपालिकाका सामाजिक विकास शाखाका प्रमख अरुण मेहताले बताए । मेहताका अनुसार गरिब तथा बिपन्न महिलाहरुलाई घरमै बसेर आम्दानि गर्न सक्ने सीप दिने उदेश्य साथ प्राबिधिक सीप बिकास तालिम अन्तरगत आधारभुत सिलाई कटाई तालिम २ महिनासम्म र अरु तालिम १५-१५ दिन सञ्चालन हुनेछ ।
महिलाहरुले सिकेको सिपलाई व्यवहारिक रुपमा प्रयोग गराउन नगरपालिका सहयोग गर्ने नगर प्रमुख रमेश कार्कीले बताए । सिलाई कटाइवाट स्वरोजगारसंगै उद्यमी समेत बन्न सकिने र जुत्ता चपलको साना सना घरेलु उद्योग खोलेर उद्यमी समेत बन्न नगर प्रमुख कार्कीले सहभागीहरुलाई प्रेेणित गरेका थिए ।
निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत वराहक्षेत्र नगरपालिका अन्य वडाहरुमा पनि यस्तै सीप मुलक तालिमहरु सञ्चालन गरिने योजना रहेको प्रमुख प्रसाशकिय अधिकृत ऋद्बि प्रकाश सिटौलाले बताए ।
Discussion about this post