इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा नेपाल शिक्षक संघको दोस्रो नगर अधिवेशन नयाँ नेतृत्व चयन भएको छ ।
शिक्षकको मर्यादित पेशा, विद्यार्थीलाई जीवनोपयोगी शिक्षा भन्ने नाराका साथ नेपाल शिक्षक संघको दोस्रो गाउँपालिका स्तरीय (स्थानीय अधिवेशन) बाट नयाँ नेतृत्व चयन भएको हो ।दोश्रो नगर अधिवेशनले पवन कुमार मेहताको अध्यक्षतामा २५ सदस्यीय नेपाल शिक्षक संघ भाेक्राहा नरसिंह गाउँपालिका स्तरीय समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गणेशलाल उराँव, महिला उपाध्यक्षमा चम्पा कुमारी मेहता , सचिवमा शबवीर आलम, अर्थ सचिवमा मुन्नी कुमारी साह, सहसचिवमा रञ्जित कुमार यादव , महिला सहसचिव (अर्थ) प्रेमलता साह, समावेशी सहसचिवमा महानन्द साह र गीता कुमारी यादव चयन भएका छन् ।
अधिवेशनले भाेक्राहा नरसिंह गाउँपालिकाका वडा नम्बर ३ र ५ बाहेक प्रत्येक वडामा वडा संयोजक समेत तोकेको छ ।
वडा नम्बर १ बाट सदस्यमा सुरेन्द्र उराँव , वडा नम्बर २ बाट सुरेन्द्र प्रसाद मेहता, वडा नम्बर ४ बाट माेहम्द साेफउद्विन , वडा नम्बर ६ बाट विजय मण्डल, वडा नम्बर ७ बाट फिराेज आलम र वडा नम्बर ८ बाट मजेबररहमान अंसारी चयन भएको हाे ।
त्यसैगरी महिला सदस्यीय तर्फ रन्जु कुमारी मेहता, सुलेखा कुमारी साह र सुनिता कुमारी मेहता चयन भएकी छन् ।
खुला सदस्यीय तर्फ अरूण मण्डल, प्रेमलाल मण्डल , रेखा कुमारी मण्डल र कुन्ती कुमारी मेहता चयन भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस भाेक्राहा नरसिंह गाउँपालिकाका गाउँ समितिका सभापति युवराज दाहालले शैक्षिक गुणस्तर वृद्धि गर्नको लागी शिक्षकहरुको भुमिका महत्तवपूर्ण हुने बताए । उनले नेपाल शिक्षक संघले शिक्षकहरुको हक हितको लागी आवाज बुलन्द गर्नुपर्ने भन्दै सधै शिक्षकहरुको समस्या समाधान गर्न तर्फ लाग्न समेत आग्रह गरे ।
Discussion about this post