भावना ऋषिदेव / इनरुवा । सुनसरीको सहित मुलुकभर यादवलाई संगठित बनाउने उदेश्यले विभिन्न ठाउँमा आन्तरिक तथा बाहिरी छलफल सुरू गरिएको छ । शनिबार मात्रै काेशी गाउँपालिकामा नेपाल यादव सेवा समितिको विस्तार गर्ने उदेश्यले छलफल कार्यक्रम सम्पन्न गरेको हाे । प्रायः नेपालमा भएको सम्पुर्ण जातीको संगठन बिस्तार छन् तर यादवहरूकाे जातीय संगठन भएपनि आफ्नो व्यक्तिगत दम्भ र पावर, पहुँचकाे कारण यादवहरू संगठित नभएकाे कारण मुलकभर झन्डै १५ लाखकाे हराहरीमा रहेको यादव समुदाय संगठन बाहिर – बाहिर बस्दै आएका छन् ।
मेचीदेखि महाकाली सम्म बसाइँसराइ गरि बस्दै आएको यादव समुदायलाई अब संगठित हुनुपर्ने नेपाल यादव सेवा समिति सुनसरीका सचिव जयकृष्ण यादवको कथन छ ।
यादवले बताएअनुसार शनिबार काेशी गाउँपालिका वडा नम्बर १ को लौकही स्थित कोशीका यादवहरुको सहभागीतामा भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा सहभागीहरुले सम्पूर्ण यादवहरुलाई एकताबद्ध गर्नुपर्ने र त्यसका लागि प्रत्येक गाउँटोल, नगरमा संगठन विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । छलफलमा नेपाल यादव सेवा समितिका जिल्ला सदस्य देवकृष्ण यादवले जातिय उत्थान र संस्कृति संस्कारको संरक्षण तथा विकृतिको अन्त्य गर्न जातीय संस्था विस्तार गर्न जरुरी रहेको बताए । यादवले शिक्षा, पहुँच र राजनीतकमा यादवहरुको अस्तित्व रहेको भएपनि केही मात्रा संगठनात्मक रुपमा कम्जोर रहेकाले सम्पूर्ण यादवहरुको एकतामा जोड दिए ।
कोशी २ निवासी प्रधानाध्यापक गंगाप्रसाद यादवले संगठनका निम्ति गाउँटोलमा सदस्यता वितरण र जागरण अभियान चलाउनुनुपर्ने बताए । छलफलमा कोशी गाउपालिकाका रामनारायण यादव, तेजनारायण अरगरिया, चन्द्र नारायण यादव, पर्शूराम यादव, नारायण यादव, रामचन्द्र यादव, जगदेव यादव, लक्ष्मण यादव, विलेक्षण यादव, रामसुरुज यादव, चुनचुन यादव, बलदेव यादव, लक्ष्मी यादव, रामदेव यादव, देवीलाल यादव, विष्णुदेव यादव, राजेन्द्र यादव, ब्रहमदेव यादव, प्रमोद यादव, भोक्राहा नरसिंह गाउँपालिकाका मनोज यादव, देवनागञ्ज गाउँपालिकाका बुधनारायण यादव, इनरुवाका जयकृष्ण यादव सहितको उपस्थिती रहेको थियो ।
Discussion about this post