चिराैली। एमाले सम्वद्ध राष्ट्रिय युवा संघ नेपाल सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको छ । संघको अध्यक्षमा अभिनाश उराँव सर्वसहमती चयन हुनुभएको छ । शनिबार बिहान सम्पन्न संघको गाउँपालिकास्तरीय दोस्रो अधिवेशनले उराँवलाई अध्यक्षमा चयन गरेको हो ।त्यसैगरी उपाध्यक्षमा भिमबहादुर बस्नेत, सचिवमा रामकृष्ण मेहता, सहसचिवदोयमा चन्दन साह र आसिक आलम र कोषाध्यक्षमा धिरज मेहता चुनिभएको छ । संघको भोक्राहा नरसिंह गाउँकमिटि ४५ सदस्य चयन गरेको निर्वमान अध्यक्ष रमेश कुमार यादवले जानकारी दिनुभयो । यसैबीच संघको अधिवेशनलाई उद्घाटन गर्नुहुदै एमालेका केन्द्रिय सदस्य पूर्व प्रदेश मन्त्री जगदिश प्रसाद कुसियैतले पार्टी जनताको सेवाका लागि काम गर्नुपर्ने भएकाले त्यसमा युवासंघले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
नेता कुसियैतले चुनावका बेलामा मात्रै नभई जनतासंग प्रत्येक दिननै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । युवा शक्तीश कर्णधार भएकाले पार्टीको नीतिलाई जनताको घरदैलोमा लान योगदान गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी एमालेका सुनसरी सचिव पर्शुराम यादवले युवाहरुको सङ्गठनका वर्तमान समाज परिवर्तन र विकासको पक्षमा उभिनुपर्ने बेला आएको बताउनुभयो । अधिवेशनमा केन्द्रिय सदस्य सरोज पोखरेल, स्थानीय नेता रामकुमार मेहता, बाबुराम साह, राजेश्वर प्रसाद साह सहितकाले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिनुभएको थियो । निर्वमान अध्यक्ष यादवलाई एमालेको सम्मान राष्ट्रिय युवा संघ नेपाल भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष रमेश कुमार यादवलाई नेकपा एमालेले सम्मान गरेको छ । नयाँ नेतृत्व चयनमा योगदान र आफ्नो कार्यकाल सफल पारेको भन्दै सम्मान गरेको पार्टीका केन्द्रिय सदस्य जगदिश प्रसाद कुसियैतले जानकारी दिनुभयो । प्रमुख अथिती नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुनसरी ईन्चार्ज जगदिश कुसयैत तथा राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश स – ईन्चार्ज देवान्नद मेहताको विशिष्ट अथितीको आगमनमा राष्ट्रिय युवा संघ नेपाल भोक्राहा नरसिंह गाउँ कमिटिको दोस्रो गाउँ अधिवेशन भव्यत्ताका साथ सम्पन भएको थियो ।
Discussion about this post