मान बहादुर ठकुल्ला
टीकापुर / टिकापुर नगरपालिका वडा नम्बर ७ को सत्तिमा रहेको पुरातात्त्विक महत्त्व बाेकेकाे पद्म प्रकाशेश्वर मन्दिरको आयोजनामा महायज्ञ हुने भएको छ । यहि चैत ८ गतेदेखि १५ गतेसम्म श्रीमत भागवत भक्ति संगत अनुष्ठान २०७९ हुने भएको महायज्ञ हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विदुरलाल कायस्थले जानकारी दिए । परापुर्वकालमा भगवान पर्शुरामले स्थापना गरेको नेपालकै सबैभन्दा ठूलो, पुर्वाभिमुख भएको विश्वकै दुर्लभ शिवलिङ्ग रहेको पद्म प्रकाशेश्वर महादेव मन्दिरको आयोजनामा ११ वर्ष पछि पुनः महायज्ञ गरिन लागेको पत्रकार सम्मेलन मा अध्यक्ष कायस्थले जानकारी दिए । महायज्ञ बाट संकलन भएकाे रकमले मन्दिरकाे क्षेत्र बिस्तार का लागि ५ कठ्ठा जमिन खरिद गरिने जनाएकाे छ ।महायज्ञमा राष्ट्रिय बिभुषित कथा ब्यास नारिरत्न विदुषि अाचार्य सुश्री अनुराधा देवीजीकाे मुखारबिन्दुबाट कथा बाचन हुने समेत जनाईएकाे छ।
महायज्ञ अवधिमा बिहान ७ बजे पुजापाठ हुने ८ बजे पाठपारायण र १० देखि ४बजे सम्म कथा बाचन हुने कार्यक्रम रहेकाे अायाेजकले जनाएको छ ।
Discussion about this post