खुश्वु साह/ नितेश यादव (प्रशिक्षार्थी)। नरसिंह ।सुनसरीको रामधुनी नगरपालिका २ शिवनरगको श्री शिवनगर माध्यमिक विद्यालयकी छात्रा विधार्थी आशा साहले आफूलाई पहिला महिनाबारी भएको बेला विद्यालय आउन मन लागेको भएको पनि अहिले पिरिएडको बेलामा पनि नियमित विद्यालय आएको बताउनुभएको छ । साहले आफूहरुको विद्यालयमा कक्षा ६ देखी १० सम्मका बालिका एवम् किसोरीहरुलाई महिनावारीको बेलामा आराम गर्न निर्माण भएको आराम कक्षले सहज भएको बताउनुहुन्छ । सरकारले विद्यालयमा ल्याएको स्यानटरी प्याड कार्यक्रम र संस्थाहरुको सञ्चालनमा ल्याएको महिनाबारी आराम कक्षले आफू जस्तै छात्राहरुलाई सहज भएको साहले बताउनुभयो । शिवनगर माविका प्रधानाध्याक सुधिर कुमार चौधरीले विगतमा आराम कक्षको व्यवस्था नहुदाँको अवस्था तथा प्रयाप्त मात्रामा सेनेटरी प्याडको पनि व्यवस्था नभएकोले छात्राहरुको विद्यालय उपस्थिती दरमा पनि कमी हुने , नियमित नहुने गरेको थियो तर आराम कक्षको व्यवस्था भएकाले छात्राहरुलाई सहज भएको बताउनुभयो । अहिले छात्राहरुले अफिसमा महिला शिक्षकसगैं पुरुष शिक्षकसंग समेत सेनेटरी प्याड मागेर लाने गरेको चौधरीले बताउनुभयो ।
शिक्षक संजिव कुमार चौधरीले आराम कक्षले आफूहरुको विद्यालयका छात्रालाई सहज भएको सुनाउनुहुदै विद्यालयमा अराम कक्ष सहित सेनेटेरी प्याड र प्रयोग गरेपछि डस्वीन फाल्ने गरेको बताउनुभयो । चौधरीले प्रयोग भएको प्याड डिस्पोज गर्ने मेसिनको व्यवस्था गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । प्याड र आराम कक्षले कक्षा छाड्ने दरमा कमि आएको बताउनुभएको छ ।
विहीबार ग्रामिण समाज उत्थान केन्द्र सुनसरीले आयोजना गरेको सामाजिक लेखाजोखा कार्यक्रममा सहभागीहरुले यस विद्यालयमा आराम कक्ष सहित बालविकास केन्द्र देखी कक्षा ३ सम्मका विधार्थीहरुलाई सहजताका लागि भित्ते लेखन, बालमैत्री कक्षा निर्माणका लागि कार्पेट,चकटी, सानो राउण्ड टेबलहरु, सानो कुर्सीहरु समेतको सहयोग आरएसडीसीले गरेको बताएका छन् ।
त्यसैगरि सिकाइए परियोजना कार्यक्रम संचालन भएको विद्यालयमा बालमैत्री वतावरणका लागि कक्षा कोठाका भित्ताहरुमा आकर्षक रुपमा भित्ते लेखन, बालमैत्री कक्षाका लागि कार्पेट, चकटी,सानो राउण्ड टेबलहरु, सानो कुर्सीहरु, टेलीभिजन, एलसीडी र कम्प्यूटर समेतको सहयोग गरेकाले विधार्थीहरु रमाईरमाई पढिरहेका आरएसडीसीका कार्यक्रम संयोजक शिखाकिरण यादवले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका सदस्य मानिक चन्द चौधरीले आरएसडिसीले गरेको सहयोगले विद्यालयका छात्रालाई मात्रै नभई बालमैत्री कक्षाकोठाले कक्षा ३ सम्मका बालबालिकाहरुलाई सहज भएको बताउनुभएको छ ।
Discussion about this post