दिपेन्द्र यादव/इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाबाट श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिने प्रक्रिया आज पहिलोपटक सुरु गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार स्थानीय तहबाटै यो व्यवस्था सुरु गरिएको हो ।
आज बुधबार पहिलोपटक भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद , प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे र राेजगार संयाेजक शेभा कुमारी मेहताले वडा नम्बर ४ का स्थानीय बासिन्दा हजरत अलि मियाँलाई एक कार्यक्रम बीच पुनःश्रम स्वीकृति गरिएको पत्र हस्तान्तरण गरिएको हाे ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले वडा नम्बर ४ का हजरत अलीलाई पुनःश्रम स्वीकृति गराउने पहिलो व्यक्ति भएकोले उनलाई खादा, अविर लगाई बधाई तथा शुभकामना व्यक्त गर्दै बैदेशिक राेजगारीमा सीम सिकेर मात्रै जानकाे लागि आग्रह गर्दै श्रम स्वीकृति पत्र पत्र हस्तान्तरण गरिएको हाे । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिने मन्त्रालयको अनुमतिपश्चात् वैदेशिक रोजगारमा संलग्न हुने व्यक्तिले व्यक्तिगत र पुनः श्रम स्वीकृतिका लागि रोजगार केन्द्रमा सम्पर्क गर्न सकिने पालिका अध्यक्ष अजमल अख्तर आजादले जानकारी दिए ।
उनलेे भने वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि बिराटनगर वा काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेकाे आफ्नै स्थानीय सरकार अर्थात भाेक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेको राेजगार सेवा केन्द्र मार्फत उक्त सेवा सहजरूपमा पाउने उनलेे बताए ।
त्यस्तै भाेक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले भने “यसअघि अन्यत्रै गएर यस सम्बन्धी स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झण्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो ” तर अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सेवाग्राहीलाई सहज भएको बताए ।
उनलेे भने श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार सेवा केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने बताए । अधिकृत घिमिरेका अनुसार “पहिला पहिला श्रम स्वीकृतिका लागि बिराटनगर जानुपथ्र्यो, एजेण्ट लगाउनुपथ्र्यो । पैसा पनि बढी तिर्नुपर्ने गुनासो आउने गरेको थियो, अब स्थानीय तहबाटै सेवा लिन पाउँदा उहाँहरूले झण्झटबाट मुक्ति पाएको जानकारी दिए ।
उनले भने भाेक्राहा नरसिंह गाउँपालिकाका युवाहरूले एजेण्ट लगाउँदा ठगिने गरेको गुनासो पनि आउने गरेको थियो ।
उता भाेक्राहा नरसिंह गाउँपालिकाले बुधबारदेखि यो काम सुरु गरेको छ । गाउँपालिकाका रोजगार संयोजक शाेभा कुमारी मेहताका अनुसार मन्त्रालयको परिपत्रअनुसारनै उक्त काम सुरु गरिएको बताइन् ।
सम्बन्धित व्यक्तिले सो स्वीकृति लिनुपूर्व सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष र बीमाका लागि तिर्नुपर्ने रकम आफूहरुले मोबाइल बैंकिङबाट तिरेर सहजीकरण गरिदिने गरेको उनको भनाइ छ । “मोबाइल बैंकिङ हुने र जान्नेले आफैँ तिर्नु भए पनि हुन्छ, नभए हामीहरुले सहजीकरण गर्न तयार रहेको बताइन् ।
उनका अनुसार कल्याणकारी कोषका लागि रु एक हजार पाँच सय, सामाजिक सुरक्षा कोषका लागि न्यूनतम रु दुई हजार र बीमाका लागि उमेरअनुसारको शुल्क तिर्नुपर्ने हुन्छ । उक्त सबै काम भए पनि अनलाइनमार्फत श्रम स्वीकृति प्राप्त हुने र उनीहरुलाई स्वीकृति भएको मोबाइलमा पठाइदिने व्यवस्था मिलाइएको छ ।
Discussion about this post