इनरुवा । कानूनमा ‘बिहेवारी बीसवर्ष पारी’ भन्ने गरिए पनि व्यवहारमा भने यो पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन। उमेर नपुग्दै विवाह गर्ने प्रचलन सुनसरी जिल्लाको १२ वटै स्थानीय तहमा अझै कायमै छ। हुनत् जिल्लाका स्थानीय तहले बालविवाह न्यूनीकरणका प्रयास अघि सारेकै छन् तर उनीहरुको यो सक्रियताले बालविवाह हट्न भने सकेको छैन।
जिल्लाका विभिन्न स्थानीय तहहरूमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्छन् निकै ठुलाे रकम पनि खर्च गर्छन् तर त्यहाँको यकीन तथ्याङ्क भने पाइँदैन। बालविवाह न्यूनीकरणका लागि स्थानीय सरकारले बालबालिका, अभिभावकबीच प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम, सडक नाटक प्रदर्शन, बालक्लबको गठन र उनीहरुलाई तालिम, बालमैत्री शासन आदि कार्यक्रम गरिरहेका छन्। तर अझैसम्म बालविवाह न्युनिकरण गर्न नसक्नुकाे कारण स्थानीय तहका जनप्रतिनिधिहरू नै हुने स्थानीय अगुवा अधिकारकर्मीहरूले गुनासो पाेखेका छन्
हिजाे शुक्रबार मात्रै सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । गढी गाउँपालिक नम्बर २ को आयोजनामा साविक औराबनी गाविस हाल गढी २ लाई बाल विवाह मुक्त वडा घोषणा गरेको वडा अध्यक्ष प्रभाकर चौधरीले जानकारी दिए ।
प्लान इन्टरनेश्नल नेपाल र साझा सवालका लागि साझा मञ्च (कोकन) सुनसरीले विगत लामोसमयदेखि बालबालिकाका क्षेत्रमा विभिन्न कार्यक्रहरु संचालन गर्दै आइरहेको कोकनका कार्यक्रम संयोजक हेमन्तराज पौडेलले बताए ।
पौडेलले भन्नुभयो ‘हामीले करिब १० वर्षदेखि गढी गाउँपालिका बालबालिकालागि विविध कार्यक्रमहरु संचालन गर्दै आइरहेको थियो र यसै परियोजनाको समयअवधि पनि सकिन केहि महिनामात्र बाँकी रहेकाले हिजो गढीको २ नम्बर वडालाई बाल विवाह मुक्त वडा घोषणा कार्यक्रमले महत्वपुर्ण कार्य पुरा गरेकोमा खुसी लागेको बताए ।’ कार्यक्रममा पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा सुनसरी क्षेत्र नम्बर ३ की सांसद भगवती चौधरीले बोल्दै भनिन् ‘ कानुनी रुपमा बाल विवाह कानुनी अपराध हो । हामीले बालिकाहरुलाई सानै उमेरमा विवाह गरेर आफनो जिम्मेवारी पुरा गर्नु भन्दा पहिला उनीहरुको विकासकालागि शिक्षामा जोड दिनुपर्ने बताइन् ।चौधरीले थप जोडदिदै भनिन् ‘म सांसद हुनुभन्दा पहिला पनि यस वडामा शिक्षामा सुधार र बालबालिकाको विकासलागि फरवार्ड संस्थाबाट विभिन्न कार्यहरु संचालन गरेको स्मरण गर्दै आज यस गढी २ लाई बाल विवाह मुक्त वडा घोषणा गर्न पाउँदा खुसी लागको बताइन् । यस्तै कोशी प्रदेशका सांसद रामदेव यादवले बोल्दै भने बाल विवाह मुक्त गढी २ लाई घोषण गरिएको छ । यो कार्यक्रम गढीका अन्य वडामा पनि सबैले गर्नुपर्ने बताएका छन् ।
बाल विवाह मुक्त वडा घोषणा कार्यक्रममा गढीका समाजसेवीहरु, शिक्षकहरु, स्वयमसेविकाहरु र सामाजिक अभियन्ताहरुलाई प्रंशसा पत्र, मायाको चिनोसहित सम्मान गरिएको कोकनका कार्यक्रम अधिकृत दयालाल चौधरीले जानकारी दिए ।
प्लान इन्टरनेशनल नेपाल, फरवार्ड दुहबी, साझा सवालका लागि साझा मञ्च, आसमान नेपाल, पिपुल इन निड, महिला फेडरेशन, ओरेक नेपाल, शान्ति र समृद्धिका लागि युवा सुनसरी, बाल अधिकार समिति गढी गापा, किसोरी संजाल, बाल संजाल, दुरदृष्टि विकास समाज केन्द्र, प्रहरी कार्यालय औरावनी, साझा नेपाल, सामुदायिक सचेतना नेपाल, ज्योति महिला फेडरेशन, सिएडिसी, आरएसडिसी र भ्वाइस अफ चिल्ड्रेन नेपालको सहकार्य रहेको थियो ।
Discussion about this post