चिराैली । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ टपरा र इनरूवा नगरपालिका वडा नम्बर ९ जाेड्ने सुनसरी खाेला पुल छेउमा नवजात शिशु फेला परेको छ ।
आज आइतबार साँझ ६ बजेको समयमा अपरिचित व्यक्तिले सुनसरी खाेला छेउमा रहेकाे झारीमा नवजात शिशु(छाेरी) लाई फालेकाे अवस्थामा भेटिएपछि स्थानीयहरूले उद्वार गरी जिल्ला प्रहरीलाई जिम्मेवार लगाइएको छ ।
यसअघि भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ र हरिनगर गाउँपालिका वडा नम्बर १ जाेड्ने हुलाकी राजमार्ग स्थित रहेको अर्को सुनसरी खाेला पुल छेउ बाँसघारीमा समेत ६ महिने नवजात शिशु(छाेरी) भेटिएको थियोे ।
सुनसरी जिल्लाको ग्रामीण क्षेत्रमा अहिले नवजात शिशु (छाेरी) फाल्ने क्रम जारी रहेको स्थानीय महिला अधिकारकर्मीहरूकाे कथन छ ।
एक अधिकारकर्मी चुन्नी खातुन(साेनिया)ले प्रदेश प्वाइन्ट अनलाइनसँग कुरा गर्दै भने बच्चा फाल्दै जाे सुकै भएपनि उनीहरूलाई कानुनको दायरामा ल्याएर अनुशान्धान गर्न जरुरी रहेको बताइन् ।
उता स्थानीयहरूले बताएअनुसार शिशु करिब २/३ महिनाको हुन सक्ने आशंका गरिएको छ । शिशु कसको र किन सुनसरी खाेला पुल नजिकै रहेको झाडीमा राखिएको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राईको भनाई छ ।
त्यस्तै अहिले नवजात शिशुलाई जिल्ला अस्पताल सुनसरी इनरुवामा उपचार सहित रेखदेख गर्न राखिएको अस्पतालका मेसु डाक्टर देवराज घिमिरेले जानकारी दिए ।
Discussion about this post