इनरुवा । के तपाईंकाे पनि कीर्ते हस्ताक्षर गरिएको छ ? यदि कसैले कुनै प्रयाेजनकाे लागि कीर्ते हस्ताक्षर गरिएको छ भने पहिचान गरि प्रहरी कार्यालयमा उजुरी दिन नछुट्नुहाेला ? यस्तै काेशी प्रदेश भरीमा मधेसी दलित समुदायबाट सुनसरी जिल्लाको काेशी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्षकाे हस्ताक्षर कीर्ते गरिएको छ ।
काेशी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष लालदेव सदाको हस्ताक्षर कीर्ते गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरिएको हाे।
वडाध्यक्ष सदाको हस्ताक्षर कीर्ते गरेको आरोपमा कोशी ७ का ३८ वर्षिय मुनेश्वर शर्मालाई प्रहरीले पक्राउ गरेका छन् । वडाध्यक्ष सदाको हस्ताक्षर कीर्ते गरेको आरोपमा शर्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता नवीन कृष्ण भण्डारीले जानकारी दिए ।
वडाध्यक्ष सदाको उजुरीका आधारमा शर्मालाई पक्राउ गरिएको भण्डारीले पुष्टि गरेकाे प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । उनलेे बताए अनुसार आरोपित शर्मालाई बुधबार सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए । वडाध्यक्ष सदाले शर्मा माथि राष्ट्रिय भूमि आयोगको ढाँचाअनुसार भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्ने विपन्न समुदायको लगत सङ्कलन फारममा वडाध्यक्ष कीर्ते हस्ताक्षर गरेकाे आराेप लगाइएको छ ।
Discussion about this post