चितवन । चितवन जिल्ला स्थित ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक अनिल कुमार खड्का निरीह हुँदा प्रहरीमा बेथिति बढिरहेको छ भने कार्यालय लथालिङ्ग छ । प्रहरी कर्मचारीको मनोमानी उस्तै छ भने प्रहरीमा अनुशासनको “अ” पनि छैनन् ।
अहिले त हुँदाहुँदै आफ्नो श्रीमतीलाई ड्युटी हालेको भन्दै एक जना घुमुवाले प्रहरी जवान बिकेश शाहलाई हप्काएका छन् । डिएसपी खड्काका बिश्वासपात्र समेत रहेका प्रहरी सहायक हवल्दार रुपेश गुरुङले आफ्नो श्रीमती प्रहरी सहायक हवल्दार अम्बिका भुलनलाइ ड्युटी हालेको भन्दै हवल्दार मेजर वरिष्ठ हवल्दार दीनेश सिंहका ट्वाइसी प्रहरी जवान बिकेश शाहलाई हप्काएका हुन् ।
उनलेे ब्यारेकभित्र रहेका महिला प्रहरीलाई ड्युटीमा हाल्न सक्दैनस् तैले मेरो श्रीमतीलाई ड्युटीमा हाल्छस् भनी कार्यालयमा पुगी हप्काएका थिए । यो कुरा एक साता अघिको नै भएपनि प्रहरीभित्र आफ्नै अनुशासन र चेन अफ कमान्ड हुने भएकोले पनि गुपचुप राखिएको थियो । तथापी अहिले भने ती घुमुवाको अत्याचार सहन नसकेका प्रहरीले नै यो घट्ना सार्वजनिक गरेको हो ।
सिन्धुपाल्चोक दरबन्दीका घुमुवामा रहेका उनीहरू २ बर्ष अघि चितवन काजमा आएका थिए । तत्कालीन प्रहरी उपरीक्षक नवराज अधिकारी कहाँ रोइकराइ गरेर सहायक हवल्दार भुलन रत्ननगर ईलाका प्रहरी कार्यालय आएका हुन् । उनलेे आफ्नो श्रीमान डिएसपीको नजीक रहेको र डिएसपी खड्का भएसम्म ड्युटीमा हाल्न नसक्ने र ड्युटी नै गर्नुनपर्ने भनी रवाफ देखाउने गरेकी छिन् । आफ्नो श्रीमान घुमुवा प्रहरी रहेको अर्थात सिआइडी हो भन्दै उनलेे हिंड्ने गरेकी छिन् ।
उनीहरूको काज अवधी समेत समाप्त भईसके पनि प्रनाउ खड्काले उनीहरूलाई रवाना गरेका छैनन् । दरबन्दीमा नै जानू नपरेका उनीहरूकै इशारामा हवल्दार मेजरले ड्युटी समेत मिलाउने गरेका छन् । जसले गर्दा सक्कल दर्जाका इमान्दार प्रहरीहरु यतिबेला थप पीडित हुने गरेका छन् ।
पहुँच भएका प्रहरीलाई ड्युटीमा नहाल्ने र पहुँच नभएका प्रहरीलाई अनावश्यक ड्युटीमा पेल्ने काम यहाँ बिगत ४ महिनादेखि हुँदै आएको छ । जसको उदाहरण स्वरुप घुमुवा प्रहरीले आफ्नो श्रीमतीलाई ड्युटीमा हालेको भन्दै प्रशासन हेर्दैआएका मेजरका ट्वाइसी प्रहरी जवान साहलाई ७/८ दिन अघि हप्कीदप्की नै लगाएका थिए ।
कोर्टमास्टर तथा घुमुवा दुवैको जिम्मेवारी सम्हाल्दै आएका प्रहरी सहायक हवल्दार गुरुङ र वरिष्ठ हवल्दार दीनेश सिंहले अहिले ईलाका प्रहरी कार्यालय रत्ननगर चलाइरहेको गुनासो छ । केही दिन अघि सवारी चालक इन्द्र चौधरीलाई पर्वत दरबन्दीमा रवाना गरेका डिएसपी खड्काले ड्युटीमा हालेको भन्दै हवल्दार मेजरका ट्वाइसी प्रहरी जवान बिकेश शाहलाई हप्काउने सिन्धुपाल्चोक दरबन्दीका दम्पत्तीलाई अहिलेसम्म रवाना गर्न सकिरहेका छैनन् ? उसो , त डिएसपी अनिल कुमार खड्का यहाँको कार्यालय प्रमुख नाममात्रका हुन् ।
डिएसपी खड्का निरीह बनिरहदा ईलाका प्रहरी कार्यालय लथालिङ्ग बनेको छ भने को कसलाई कहाँ रवाना गराउने, कसलाई हटाउने, कसलाई राख्ने, कसलाई ड्युटीमा हाल्ने, कसलाई नहाल्ने यी सबैको जिम्मा र सहायक कार्यालय प्रमुखको रूपमा हवल्दार मेजर सिंह र घुमुवा प्रहरी गुरुङ नै रहेको देखिन्छ । उनीहरूकै इशारामा रत्ननगर प्रहरी बिगत चार महिनादेखि चलिरहेको छ । यसअघिका घुमुवा दीपेश बस्नेतलाई जेठ ३२ गते दाङ दरबन्दीमा रवाना गरेपछि घुमुवा बसेका गुरुङले आफू यहाँ डिएसपी खड्काको छत्रछायाँमा रहेको बताउने गर्छन् । उनलेे डिएसपी खड्का भएसम्म आफूलाई कसैले केही गर्न नसक्ने रवाफ देखाउने गरेका हुन्छन् ।
डिएसपी खड्काको कमजोर कमान्डले रत्ननगर प्रहरीकै पुलिसिङमाथि कालो धब्बा रहेको कुरा आफ्नो श्रीमतीलाई ड्युटीमा हालेपछिको मेजरका ट्वाइसीलाइ हप्काएपछि सार्वजनिक भइसकेको छ । के, यसरी नै चल्ने हो त प्रहरी ? प्रहरीमा बेथिती बढिरहेको भएपनि चितवनका एसपी भने किन लाचार छन् ? प्रहरीलाई सुदृढीकरण गर्छु भन्दै भाषण गर्ने प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको मन्त्र कहाँ हरायो ?
प्रहरी कर्मचारीलाई आवश्यकता भन्दा बढी ड्युटीमा हालेर दु:ख दिने प्रहरीलाई किन ज्युँज्युँ गर्छन् डिएसपी खड्का ? के, ड्युटी पहुँच नभएका प्रहरीले मात्रै गर्ने हो र ? एक प्रहरी प्रश्न गर्छन् ।
Discussion about this post