इनरुवा । सनुसरीको गढी गाउँपालिकामा विश्व खाद्य दिवसको अवसरमा प्रभातफेरी गरिएको छ ।
हरेक वर्ष अक्टोबर १६ मा मनाइने खाद्य दिवस यस वर्ष “जीवन र खाध्यको आधार हो पानी”भन्ने नाराका साथ गढी गाउँपालिकाकाे कार्यालयले प्रभातफेरी कार्यक्रम गरि विश्व खाद्य दिवस मनाइएको हाे ।
“जीवन र खाध्यको आधार हो पानी” भन्ने मुल नाराका साथ गढी गाउँपालिकाको आयोजानामा ४३ औं विश्व खाद्य दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको गाउँपालिकाकी उपाध्यक्ष अनिताकुमारी साहले जानकारी दिइन् ।
खाद्य दिवसको अवसर पारेर पालिकाकाे आयाेजनामा गरिएको प्रभातफेरीमा जल संरक्षण र सदुपयोग नै जीवनको आधार सबैको लागि आहार, दिगो कृषि र पोषिलो आहार सहितको प्लेकार्ड सहित प्रभातफेरी गरिएको उनले बताइन् ।
उनलेे भने किसानको आलीदेखि चुलोसम्म देखेका समस्या स्थानीय सरकारले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर आफ्नो क्षेत्रको बाली, आली र थाली सपार्न हामीले विश्व खाद्य दिवसको अवसरमा गरिएको प्रभातफेरी कार्यक्रम मार्फत स्थानीय नागरिकलाई ध्यानाकर्षण गरिएको बताइन् ।
उता विश्व खाद्य दिवसको अवसरमा गढी गाउँपालिकाका कृषि विकास शाखाले खाना र खेतीपातीसँग सम्बन्धित रहेर कार्यक्रम आयोजना गरिएको कृषि विकास अधिकृत जिन्नी चाैधरीले जानकारी दिइन् ।
मानिस मात्रका कारण प्रकृतिमा व्यापक फेरबदल आएको र यसले बहुसङ्ख्यक जीवनयापनका आयाममा सङ्कट थप्दै लगेको स्थानीय जनसामुदायमा ध्यानाकर्षण गरिएको उनलेे बताइन् ।
त्यस्तै कृषि विकास शाखाकी कृषि सहायक प्राविधिक रेनुका चाैधरीले प्रदेश प्वाइन्ट अनलाइनका प्रतिनिधिसँग कुरा गर्दै भने बर्सेनि बढिरहेको खाद्यान्न आयात, जथाभाबी प्रयोग गरिएको कृत्रिम रासायनिक र घातक विषादी, निर्जीव हुँदै गइरहेको माटो, नेपालको प्रमुख कृषि उत्पादन र जनस्वास्थ्यका सङ्कटको सूचक भएकाले समग्र खेती प्रणाली र खाद्य प्रणाली दिगो बनाउने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको उनले बताइन् ।
त्यस्तै विश्वमा प्रत्येक वर्ष अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवस अक्टोबर महिनाभरी उपयुक्त मितिमा मनाइने प्रचलनअनुसार यस वर्ष राष्ट्रियस्तरमा आज बिहीबार विविध कार्यक्रम गरि मनाइएको छ ।
रास्वपा उम्मेदवारको मुद्दा अदालतमा चलिरहेकै बेला मातृका यादवलाई प्रमाणपत्र
धनुषा । धनुषा–१ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनपछि विवादका बीच नेकपाका उम्मेदवार मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको...











Discussion about this post