इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ नरसिंहकाे सिंगो बस्ती अहिले शाेकमा डुबेको छ ।
साविक नरसिंह गाउँ विकास समिति र हाल भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ निवासी इन्जिनियर दिनेश प्रसाद यादव (दिनेशवर) काे गएकाे बुधबार उपचारको क्रममा निधन भएपछि अहिले सिंगाे गाउँ नै शाेकमा डुवेकाे स्थानीय गाउँवासी उपेन्द्र मेहताले बताए ।स्थानीय मेहताका अनुसार इन्जिनियर यादव आफ्नो घरपरिवार मात्रै हाेइन्, छरछिमेक, टाेलवासी, गाउँवासी, वडावासी सँगै पालिका अन्तरगत रहेका केही वडाका विद्यार्थी, युवाहरूलाई विभिन्न कामकाज तथा अध्ययन अध्यापन गर्नका लागि सहयात्रीकाे माध्यम एक जना मात्रै रहेको उनलेे बताए ।उनलेे भने इन्जिनियर यादवले गाउँघरमा कसैको उपचारमा समस्या पर्दा, छाेरीकाे बिहेमा बिहे खर्चमा सहयोग, पढाइमा निरन्तरता दिन नसकेको विद्यार्थीहरूलाई पढाइमा सहयोग गर्ने एक मात्रै असल क्षमतावान समाजसेवीकाे निधन हुदाँ कसकाे आँखामा आँसु आउदैन, उहाँको कारण अहिले म मात्रै हाेइन अहिले चार दिनदेखि खाना खान समेत मन नलागेको बताए ।
त्यस्तै अर्का स्थानीय रामनारायण यादवका अनुसार उहाँ जस्तो सहयोग भावना भएको मान्छे अहिलेसम्मको इतिहासमा कमै देखिएको बताए ।उनले भने दिनेशवर यादव पुर्खाैली समपन्न व्यक्ति भएको कारण उहाँको खानदान पनि शैक्षिक स्तर तथा राजनीतिक हिसाबमा उदाहरणीय रहेको बताए ।
उता इन्जिनियर यादवका श्रीमती सहित एक छाेरा र दुई छाेरी छन् ।उहाँको छाेरा नाम सुजन यादव र छाेरीहरूकाे नाम एलिसा र दिपिका हुन् ।
Discussion about this post