इनरुवा । सुनसरीकाेकाे भाेक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका ८ वटै वडामा पाेलबत्ती जडान कार्य सुरु गरिएको छ ।
गाउँपालिकाले केही महिना अघि केही पाेलमा लगाइएको वडा नम्बर १ , २, ३ र ४ मा जडान गरिएको विद्युतीय पाेलबत्ती समेत मर्मत गर्दै नयाँ ५० वाट क्षमता भएको एलइडी वल जडान भइरहेको पालिका अध्यक्ष अजमल अख्तर आजादले जानकारी दिए ।
पालिका अध्यक्ष आजादले भने गाउँकाे बाटोमा हिड्न व्यक्तिहरूलाई रातिको समयमा सजिलो हाेस् भन्ने उदेश्यका साथ विद्युतीय पाेलबत्ती जडान कार्य सुरू गरिएको बताए ।
उनलेे भने अहिले भाेक्राहा नरसिंह गाउँपालिकाकाे ८ वटै वडामा रहेको हरेक बाटोमा ८० मिटरको दुरीमा पाेलबत्ती जडान भइरहेको सँगै केही महिना भित्रै जडान कार्य सक्ने गरि काम सुरु गरिएको जानकारी दिए ।अहिले भाेक्राहा नरसिंह गाउँपालिकाकाे वडा नम्बर ३ बाट जडान काम सुरू गरिए पनि भाेली शनिबारदेखि १,२ र ४ नम्बरमा पाेलबत्ती जडान कार्य सुरू गर्ने पालिका अध्यक्ष अजमल अख्तर आजादकाे कथन छ ।
उता त्यसको भाेलीपल्ट अन्य वडाहरूमा विद्युतीय पाेलबत्ती जाडान गर्ने कार्यक्रम रहेको बताए ।त्यस्तै हिन्दु समुदायहरूले विशेषगरी मनाइने दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै भाेक्राहा नरसिंह गाउँपालिकाकाे कार्यालयलाई समेत बेहुली झैँ सिंगारिएकाे छ ।
कम लागतमा गाउँपालिकाकाे नयाँ प्रशासकीय भवनमा दिपावली अर्थात दिवालीमा बेहुली जस्तै सिंगारिएपछि भवनको साैन्दर्यीकरण राम्रो भएको स्थानीयहरू बताउँछन् ।
Discussion about this post