इनरुवा । सुनसरीकाेकाे भाेक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका ८ वटै वडामा पाेलबत्ती जडान कार्य सुरु गरिएको छ ।
गाउँपालिकाले केही महिना अघि केही पाेलमा लगाइएको वडा नम्बर १ , २, ३ र ४ मा जडान गरिएको विद्युतीय पाेलबत्ती समेत मर्मत गर्दै नयाँ ५० वाट क्षमता भएको एलइडी वल जडान भइरहेको पालिका अध्यक्ष अजमल अख्तर आजादले जानकारी दिए ।
पालिका अध्यक्ष आजादले भने
गाउँकाे बाटोमा हिड्न व्यक्तिहरूलाई रातिको समयमा सजिलो हाेस् भन्ने उदेश्यका साथ विद्युतीय पाेलबत्ती जडान कार्य सुरू गरिएको बताए ।
उनलेे भने अहिले भाेक्राहा नरसिंह गाउँपालिकाकाे ८ वटै वडामा रहेको हरेक बाटोमा ८० मिटरको दुरीमा पाेलबत्ती जडान भइरहेको सँगै केही महिना भित्रै जडान कार्य सक्ने गरि काम सुरु गरिएको जानकारी दिए ।
अहिले भाेक्राहा नरसिंह गाउँपालिकाकाे वडा नम्बर ३ बाट जडान काम सुरू गरिए पनि भाेली शनिबारदेखि १,२ र ४ नम्बरमा पाेलबत्ती जडान कार्य सुरू गर्ने पालिका अध्यक्ष अजमल अख्तर आजादकाे कथन छ ।
उता त्यसको भाेलीपल्ट अन्य वडाहरूमा विद्युतीय पाेलबत्ती जाडान गर्ने कार्यक्रम रहेको बताए ।
त्यस्तै हिन्दु समुदायहरूले विशेषगरी मनाइने दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै भाेक्राहा नरसिंह गाउँपालिकाकाे कार्यालयलाई समेत बेहुली झैँ सिंगारिएकाे छ ।
कम लागतमा गाउँपालिकाकाे नयाँ प्रशासकीय भवनमा दिपावली अर्थात दिवालीमा बेहुली जस्तै सिंगारिएपछि भवनको साैन्दर्यीकरण राम्रो भएको स्थानीयहरू बताउँछन् ।
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान
इनरुवा । सुनसरी जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ। खेती सुरु हुने समयमा पर्याप्त वर्षा नहुनु र...










Discussion about this post