जनकपुरधाम । मधेस प्रदेशकाे राजधानी समेत रहेको जनकपुरको एक होटेलमा धनुषा प्रहरीले छापामारी गरेको छ ।
जनकपुरको पीडारीचोकस्थित सँचालनमा रहेको होटेल धडकनमा धनुषा प्रहरीले शनिबार अपरान्ह छापामारी गरेको हो । न्यूज ब्यूरोको अपरेशन टीमले गरेको स्टीँग अपरेशनको क्रममा होटेल धडकनमा वेश्यावृति चलिरहेको सबुत प्रमाणहरु जुटाएपछि धनुषा प्रहरीलाई खवर गरेको थियो ।
धनुषा प्रहरीका प्रवक्ता एवम् डिएसपी रञ्जन आवेलाई न्यूज ब्यूरोको टीमले अपरेशनपछि जानकारी गराएको थियो । धनुषा प्रहरीलाई सहयोग गर्न अपिल गर्दा डिएसपी आवेले केही क्षणमै प्रहरी टोली पठाएर छापामारी गर्न लगाएपछि तीन युवति पक्राउ परेका हुन् ।
पीडारीचोकभन्दा उत्तर रहेको धडकन होटेल एण्ड लजमा वेश्यावृति भईरहेको खवरपछि न्यूज ब्यूरोको अपरेशन टीमले योजना बनाएको थियो । योजना तहत न्यूजब्यूरोकर्मी सबिन यादवको नेतृत्वमा स्टीँग अपरेशन गरिएको थियो । शनिबार दिउँसैदेखि गरिएको अपरेशन अपरान्हसम्म सबै सबुत प्रमाण जुटाएपछि प्रहरीसँग समन्वय गरिएको थियो ।
सो क्रममा होटेल सँचालक जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ नयाँ वस्ती बस्ने दिलिप साहसहित सोही होटेलमा वेश्यावृतिमा सँलग्न तीन युवतिलाई समेत पक्राउ गरिएको हो । युवतिहरु कोही काठमान्डौँ, बुटबल तर्फको रहेको बताईएको छ ।
होटेल सँचालक साहले होटेल सँचालन गरी माथिल्लो कोठामा वेश्यावृति गर्दै आएका थिए । उनले प्रतिव्यक्ति १५०० देखि २५०० सम्म लिने गरेको भिडियो रेकर्ड छ । अहिले सँचालक साहलाई पक्राउ गरी हिरासतमा राखिएको छ भने युवतिहरुलाई कसैको जिम्मा लगाएर रिहा गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।
पीडारीचोक, रामानन्दचोक, जिरोमाईलसहित अन्य विभिन्न चोकको विभिन्न गेष्टहाउसहरुमा वेश्यावृति भईरहेको समाचारहरु पटक पटक आईरहेको छ । केही ठाउँमा प्रहरीको समेत मिलोमत्तो देखिएको हो ।
Discussion about this post