काठमाडौं । प्रेम सधैँ पवित्र हुन्छ तर प्रेम र माया बिचको भिन्नता भने नितान्त छ । यदी प्रेम र माया बिचको भिन्नता नभुझ्ने हो भने प्रेममा पनि खोट देखिन्छ । तर सत्य कुरा यही हो प्रेम पवित्र हुन्छ ।
प्रेमले शान्ति ल्याँउछ । मायाले दुःखको सृजना गर्छ । प्रेम गरेको बापत कुनै कुराको आशा गरिदैन। मायामा अरुबाट केहि कुराको आशा गरिन्छ : चाहे त्यो भौतिक होस या त भावनात्मक। तर फेरी पनि प्रेममा भने आशा हुन्न । उदाहरणको लागि बाटोमा हिँड्दै गर्दा कोहि माग्ने मान्छे अर्थात भिखारीलाई केहि खाने कुरा किनी दिनुहुन्छ, त्यसबेला वहाँबाट के आशा गर्नु हुन्छ र ? यो शाश्वत प्रेमको उदाहरण हुन् ।
प्रेममा पिडा हुँदैन किनभने यसमा आशा हुँदैन । माया भनेको चाँही आशा, भरोशा, इच्छा आदी बाट भरिपुर्ण हुन्छ, जस्ले गर्दा आफुले माया गरेको मान्छेले आफुले भनेको जस्तै गरे हुन्थ्यो जस्तो लाग्छ, अनि उस्लाई बन्धनमा बाँध्न खोजिन्छ । तर जब त्यो बन्धनबाट कोहि जना छुट्न खोज्छ, आफुले चाहेको जस्तो हुँदैन तब दुःखको उत्पती हुन्छ । त्यो दुःखबस यदि कसैको आत्माहत्य भयो भने, प्रेमले गर्दा सुसाईड भयो भनेर प्रेमभाव माथि नै आरोप लगाईन्छ तर त्यो सुसाईड गर्न बाध्य बनाउने चाँही माया र त्यस्मा भएको आकाङ्छा हो । प्रेम त बिचरा एउटा निर्दोष बालक जस्तै छ, जस्को मन शुद्ध छ, जस्मा कुनै पापको कल्पना पनि गर्न सकिदैन।
यो स्मरण गरौ कि प्रेम र माया जहिले पनि छुट्टा छुट्टै हुन्छ भन्ने चाँहि कुरा हुँदैन । यि दुबै एकै चोटी पनि सम्भव छन्, त्यसै कारणले त भिन्नता यि दुईमा देख्न गाह्रो पर्छ । त्यसोभए कसरी प्रेम र माया बिचको दोधारबाट मुक्ती पाएर साँचो अर्थमा शान्ति पाउने त ? यस्को तरिका प्रेमवाद दर्शनले सिकाउछ ।
छोटकरीमा भन्दा, प्रेमभावको अभ्यासबाटै यो सम्भव छ । जवसम्म प्रेमभावलाई अभ्यास गरिन्दैन तव सम्म प्रेम प्रेम नै हुन सक्दैन । प्रेमभावको अभ्यासले प्रेमको चरितार्थ हुने मात्र हैन तर जति अभ्यास गर्छौ त्यति नै प्रेमभाव अझ बेढेर गएको हुन्छ । हामी दुःखी गरीबहरुको सेवा गरौँ, भिजेकाहरुलाई न्यानो कपडा दिन सकौँ , बुडा-पाकाको साहारा बनौँ, अरुलाई सहयोग गर्न कहिलै पछी नपरौँ अनि हेरौँ हामी भित्र कती प्रेम जागेर बढिसकेको हुन्छ, अवश्यनै प्रेम जागेको हुन्छ । अनि त्यो माया हैन तर प्रेम हो ।
त्यसैगरी बेलायतमा विवाहेत्तर सम्बन्धमा पुरुष र महिलाको प्रवृत्तिबारे एउटा अध्ययन गरिएको थियो । सर्वेक्षणका अनुसार एक तिहाइ पुरुषले आफू विवाहित भएर पनि बाहिर प्रेम सम्बन्ध राख्दै हिँडेका थिए ।
प्रेम सम्बन्ध नराख्ने अधिकांश पनि मौकाको खोजीमा रहेको पाइएको थियो । तर पुरुषको तुलनामा १० प्रतिशत महिला मात्रै विवाहेत्तर सम्बन्धमा रहेको पाइयो । अध्ययनमा सहभागी अधिकांश महिलाले वैवाहिक सम्बन्ध बाहेक अरू सम्बन्ध राख्ने इच्छा अस्वीकार गरेका थिए ।
१० प्रतिशत पुरुष पार्टनर साटासाट गर्न तयार : ४ सय जना विवाहितमाझ गरिएको यो अध्ययनको नतिजा अचम्मित पार्ने खालको छ । अध्ययनमा सहभागी भएका १० प्रतिशत पुरुष शौकको रूपमा कहिलेकाहीँ आफ्नो पार्टनर साटासाट गर्न समेत तैयार देखिए ।
विवाहित महिलामा आफ्नो पार्टनरप्रति समर्पणको भाव पुरुषभन्दा धेरै देखिएको थियो । महिलामा यस्तो आँकडा ५ प्रतिशतभन्दा कम थियो । बेलायतमा बहुविवाह अर्थात् एक भन्दा धेरै जनासँग विवाह गर्नु अवैध छ ।
महिला र पुरुषको मायामा अन्तरफिल्म वा कथा कहानीमा पुरुषको तुलनामा महिलालाई बढी धोखेबाज देखाइन्छ । फिल्म भन्दा त अध्ययन अनुसन्धानको नतिजा भरपर्दो हुन्छ होला नि होइन ?
तर यस्तो किन भइरहेछ ? पुरुषहरू महिलाको तुलनामा किन धेरै विवाहेत्तर सम्बन्ध बनाउँदै हिँडिरहेका छन् ? उनीहरू एउटै पार्टनरप्रति समर्पित भएर किन बस्न चाहँदैनन् ?
यसको पछाडि कतै न कतै पुरुष र महिलाको मनोविज्ञानको अन्तर कारण हुन सक्छ । पुरुषले यौनकै लागि माया प्रेम गर्ने अनि महिलाले मायाका लागि यौन गतिविधिमा संलग्न हुने चर्चित लेखक खुशवन्त सिंहले आफ्ना पुस्तक ‘वुमन, लभ एन्ड लष्ट’मा भनेका थिए ।
अर्थात् महिलाले मनदेखि माया गरेपछि मात्रै यौनबारे सोच्छन् । तर पुरुषको आकर्षण चाहिँ शरीरबाटै सुरु हुन्छ । कुनै पनि पुरुषसँग मनदेखि नजोडिएसम्म महिलाले शारीरिक सम्बन्ध बनाउन सक्दैनन् ।
महिलाले कुनै पुरुषलाई माया गर्न थाल्छे वा ऊसँग भावनात्मक रूपमा जोडिएको छ भने मात्रै त्यो पुरुषतर्फ आकर्षित हुन थाल्छे । कुनै सुन्दर पुरुषप्रति महिला आकर्षित हुन सक्छन्, तर मात्रै शरीरलाई हेरेर ऊसँग यौन सम्बन्ध बनाउँदिनन् ।
तर पुरुष भने पहिलो नजरमै माया, शारीरिक आकर्षणको चक्करमा धेरै पर्छन् । यो पुरुषको सहज मनोविज्ञान हो । यही शारीरिक आकर्षणका कारण उनीहरूमा एक भन्दा धेरै पार्टनर बनाउने प्रवृत्ति धेरै देखिएको हो ।
यो सबै आकर्षण मात्रै हो । यसलाई कुनै पनि अर्थमा माया वा सम्बन्ध भन्न नसकिने सिंह बताउँछन् ।
Discussion about this post