दिपेन्द्र यादव /सुनसरी । आज बिहानै देखी सुनसरी जिल्लामा रहको विभिन्न मठ मन्दिरहरूमा हर्षाैलासका साथ भजन कृतन गरि “श्री राम“ को आराधना गर्दैछन् । भोली सोमबारका दिन भारतको अयोध्यामा निर्मित श्री राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सनातन हिन्दु धर्मालम्बीहरुले उत्साहपूर्वक “श्री राम जी” पूजा आराधाना सुरु गरिएको सनातन हिन्दु परिषद नेपालले जानकारी दिएको छ ।सनातन हिन्दु परिषद नेपालले दिएको जानकारीअनुसार सुनसरी जिल्ला धार्मिक शक्तिपीठले भरिएको जिल्ला मध्ये भएको कारण स्थानीय गाउँवासीहरुको चन्दा सहयोगमा धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका,इनरूवा नगरपालिका, बराहक्षेत्र नगरपालिका, दुहबी, रामधुनी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका,कोशी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, बर्जु गाउँपालिका, हरिनगर गाउँपालिका, गढी गाउँपालिका गरी १२ वटै स्थानीय तहमा रहेका विभिन्न मन्दिरहरुमा बिहानै देखी रामायणपाठ, अष्टयाम, रामभजन लगायतका धार्मिक कार्यक्रमको आयोजना गरी मनाइरहेको बताएका छन् ।उता सोही अवसरमा भोली सोमबारका दिन भारतको अयोध्यामा हुने राम मन्दिरमा प्राण प्रतिष्ठालाई सुनसरीमा पनि भब्यताका साथ मनाउन विभिन्न सात वटा स्थानीय तहहरुले एक दिन स्थानीयहरूले स्थानीय सार्वजनिक बिदा दिइएका छन् ।भारतको अयोध्यामा हुने प्राण प्रतिष्ठानको दिन पारेर सुनसरी जिल्लाका १२ वटा स्थानीय तह मध्ये पाँच वटा स्थानीय तहले “श्री राम“ जी को प्राण प्रतिष्ठाका नाममा स्थानीयहरुले बिदा दिएका छन् भने दुई वटा स्थानीय तहले आफ्ना विभिन्न कारण उल्लेख गरी बिदा दिएको प्रकाशीत सूचनामा उल्लेख गरेका छन् ।“श्री राम“ जी को प्राण प्रतिष्ठाका नाममा इनरुवा नगरपालिका, रामधुनी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका र देवानगञ्ज गाउँपालिकाले तोकेर स्थानीय बिदा दिएका छन् भने दुहबी नगरपालिका कार्यालयले आफ्ना १४ औँ नगरसभाको बैठक रहेको भन्दै बिदा दिइएको छ ।
उता हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले हाल तराई क्षेत्रमा बढीरहेको अत्याधिक शितलहरको कारण दैनिक जीवनयापनमा कठिनाई भएको हुदाँ भोली सोमबार एक दिन स्थानीय बिदा दिएका छन् ।
Discussion about this post