सुनसरी/ इटहरी उपमहानगरपालिका वडा नम्बर ३ को धनकुटे टोलको बाटो ड्रेन निर्माण हुन थालेपछि स्थानीयबासी खुसी भएका छन् ।
बाटोको ड्रेन निर्माण नहुँदा बर्खाको समयमा स्थानीयहरू डुबानमा पर्ने भएकाले इटहरी ३ को धनकुटे टोलको बाटो ड्रेन निर्माण भएपछि स्थानीयबासि खुसी भएका छन् । बर्सौ देखि बाटोको समस्याले स्थानीयहरूलाई आवत जावत गर्न समेत अप्ठ्यारो परिरहेको अवस्थामा इटहरी ३ नम्बर वडा कार्यलयको १० लाख लागत र धनकुटे टोलको उपभोक्ताबाट १ लाख ९९ हजार २ सय ७ रूपैयाँको लागतमा बाटोको ड्रेन निर्माण कार्य तिव्र पारिएको वडा सदस्य दिपेन्द्र लिम्बूले बताए ।
इटहरी ३ नम्बर वडा कार्यलयमा निर्वाचित भएका आएका वडा अध्यक्ष उमेश सुवेदीको दुई वर्षको को कार्यकालमा बाटो निर्माण देखि बाटो विकासका काम गर्दा आफू खुसि भएको धनकुटे टोल बिकास संस्थाका सचिव छत्र बहादुर दुलालले बताए ।
जनकल्याण टोल , धनकुटे टोल , त्रिणेणी चोकको संगम स्थलमा बाटो अप्ठ्यारो परिस्थितिमा जनताले हिन्नु पर्ने भएकाले बाढी आउदा समेत समस्या पर्ने भएकाले बाटो निर्माण देखि पुल निर्माण कार्य सुरू गरेको वडा अध्यक्ष उमेश सुवेदीले बताए । बाटोलाई व्यवस्थित बनाउन नगर स्तरीय योजनामा राखेर ३० फुटको बाटो निर्माण कार्य सुरू गरेको समेत वडा अध्यक्ष सुवेदीको बताए ।
बाटोको ड्रेन निर्माण पुस १९ गतेबाट सुरू गरिएको थियोे भने ड्रेनको निर्माण २०८१ साल जेठ ३० गते सम्म ड्रेन निर्माण कार्य सम्पन्न गर्ने भएको छ । ड्रेन निर्माण सँगै जनकल्याण टोल , धनकुटे टोल ,त्रिणेणी चोक छुट्टाउने पुलको निर्माण कार्य हुदै छ । सोमबार वडा अध्यक्ष उमेश , सुवेदी , वडा सदस्य देवेन्द्र लिम्बू , इन्जिनियर दिपेश आचार्य प्राविधिक मिलन लोहार को टिमले बाटो , ड्रेन, पुल अनुगमन गरेको थियो ।
Discussion about this post