इनरुवा । हिजाे आइतबार सामुदायमा नेपाली कांग्रेस अभियान अन्तर्गत किसानहरूसङ्गको सम्वाद यात्रा सम्पन्न भएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ६ स्थित फुल चोकको हुलाकी मार्गमा सम्वाद यात्र सम्पन्न गरेको हो।
नेपाली कांग्रेसका महामन्त्री एवम् संघीयत सांसद गगन थापाको प्रमुख आथित्यमा सम्वाद यात्रा कार्यक्रम सम्पन्न गरेका हुन् ।उनलेे किसानहरुको समस्या तथा गुनासो सार्वजनिक रूपमा सुन्ने नेपाली काङ्ग्रेसको अभियानमा भोक्राहा नरसिंह नेपाली काङ्ग्रेस सभापति युवराज दाहालले नेपाली काङ्ग्रेसको झण्डामा ११ बुंदे समस्या तथा गुनासोहरु लेखेर नेपाली काङ्ग्रेसका नेता थापा लाई हस्तान्तरण गरेका थिए ।
सम्वाद यात्रा कार्यक्रममा सहकारी संघ भाेक्राहा नरसिंह गाउँपालिकाकाे तर्फबाट राजेन्द्र प्रसाद मेहताले खुल्ला सिमानाका भएकोले भारतको तरकारी नेपालको विभिन्न बजारमा आउँदा नेपाली किसान मार्कामा पर्ने गरेको बताउँदै किसानहरूलाई भाेग्नुपर्ने समस्या तथा गुनासो राखेकाे थियो । त्यसैगरी कार्यक्रमा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापालाई भोक्राहा नरसिंहको तस्बिर हस्तान्तरण गरेर स्वागत सम्मान गर्दे पालिका अन्तर्गतका समग्र किसानको समस्यहरु राखेका थिए । उत कार्यक्रमा सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का पुर्व सांसद सिताराम मेहता , कोशी प्रदेशका प्रदेश सभा द्वय सदस्य इस्राइल मन्सुरी ,सदानन्द मण्डल, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी , हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी , इटहरी उपमहानगरपालिका मेयर हेम कर्ण , महाधिवेशन प्रतिनिधि अबुल हुसेन, नेपाली काङ्ग्रेस जिल्ला उप सभापति पंकज महतो , जिल्ला सचीव विरेन्द्र साह, जिल्ला सदस्य सुनिल साह लगायत नेपाली काङ्ग्रेसका प्रदेश , जिल्ला एवम गाउँ समितिका नेताकार्यकर्ता तथा किसानहरुको उपस्थितिमा महामन्त्री थापाकाे सम्वाद यात्रा कार्यक्रम सम्पन्न भएको थियो ।
Discussion about this post