इनरुवा । आफ्नै ७० वर्षीय बुवा चिकचिलिया ऋषिदेवको कुटपिट गरी हत्या गरेको अरोपमा ईनरुवा नगरपालिका–८ गणेशपुर ऋषिदेव टोलका २१ वर्षीय छोरा चिबु ऋषिदेवलाई प्रहरीले माघ १५ गते गिरफ्तार गरेको छ । घरायसी लेनदेनको विषयलाई लिएर पीडक छोरा चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा गम्भीर घाइते हुनुभएका बुवा चिकचिलियाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा माघ १५ गते साँझ मृत्यु भएको थियो ।
चिकचिलियाको मृत्यु भएको भन्ने खबर प्राप्त भएकाले जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले छोरा चिबुलाई गिरफतार गरेको हो । हत्याको घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रवत्ता डिएसपी नवीकृष्ण भण्डारीले जानकारी दिनुभएको छ ।
Discussion about this post