सुनसरी । इनरुवाबाट भारतको बीहार जोड्ने इनरूवा देखि कौवाखोच सडक यस क्षेत्रका बासिन्दाको लामो समयदेखिको निराश बन्दै आएका छन् । सुनसरीको अधिकांश दक्षिण क्षेत्रलाई सदरमुकाम इनरुवासहित जिल्लाका अरु प्रमुख शहरसँग जोड्ने यो सडक यो क्षेत्रको विकासको लागि महत्वपूर्ण कडीकोरुपमा रहेको रहेपनि अझै ओझेलमा परेको सुनसरी निर्वाचन क्षेत्र नं. २ का पूर्व सांसद सिताराम मेहताले बताएका छन् ।
उनले बताए अनुसार सुनसरीको देबानगञ्ज, बर्जु, हरिनगर गाउँपालिकालाई प्रत्यक्ष रुपमा इनरुवासँग जोड्ने यो सडक निर्माणपछि त्यहाँ उत्पादित कृषि उत्पादनहरु सहज रुपमा इनरुवा हुँदै काठमाडौसम्म पु¥याउन सकिने विक्लपको रुपमा रहेको वर्षौदेखी ओझेलमा परेपछि स्थानीयवासी चिन्तीत बनेको बताए ।
हुनत यो बाटो धेरै पहिला नै निर्माण भएको हो । साँघुरो रुपमा निर्माण भएपनि दशकौंदेखि मर्मत सम्भार नहुँदा यो सडक भएर हिड्न समस्या हुँदै आएको थियो । पछिल्लो समयमा हुलाकीसहित अन्य लिंक सडकहरु बनेकोले त्यस क्षेत्रका मानिसहरुलाई इनरुवा आउनु भन्दा विराटनगर जान सहज हुन थालेको छ ।
यद्यपि त्यस क्षेत्रका मानिसहरुको इनरुवा आउनै पर्ने बाध्यात्मक स्थितिका कारण यो सडक अपरिहार्य रुपमा रहेको छ ।
विगतका दुई वटा संघीय निर्वाचन र एक वटा प्रदेश निर्वाचनमा स्थानीय मतदाताहरुले इनरुवासँग सहज रुपमा जोड्ने यही सडकलाई आफ्नो मुद्दा बनाएका थिए ।
उम्मेदवारहरुले पनि यो सडकलाई आफ्नो प्रमुख प्रतिबद्धताको रुपमा ब्यक्त गरेका थिए तर पनि यो सडक बन्न सकेन । पछिल्लो निर्वाचनमा पनि यो सडकको मुद्दा पहिलो मुद्दाको रुपमा निर्वाचनको बेलामा अगाडि आएको थियो ।
यसपटक पनि सबै उम्मेदवारले यो मुद्दाप्रतिको आफ्नो एक्यबद्धता जनाएका थिए । मतदाताहरुले विगतमा यही मुद्दामा प्राप्त आश्वासनको भरमा दिएको भोटमा यसपटक परिवर्तन गरेर फरक पार्टीका उम्मेदवारहरुलाई जिताए तर नयाँ जनप्रतिनिधिहरुले पनि यो मुद्दाको विषयमा ठोस रुपमा काम अगाडि बढाउन सकेका थिएनन तर पछिल्लो समयमा निर्माण कम्पनीले सडक निर्माणको कामलाई अगाडि बढाएको छ ।
उसले अहिले सो सडक खण्डमा पर्ने कल्भर्ट र पुल निर्माणको कामलाई अगाडि बढाएको छ । पुल र कल्भर्टको काम सकिएपछि सडक निर्माणको कामलाई दु्रत रुपमा अगाडि बढाउने निर्माण कम्पनीले जनाएको छ ।
तर यो निर्माणको तरिका र समयलाई लिएर स्थानीयहरुमा भने प्रयाप्त आशंकाहरु छन । इनरुवादेखि कप्तानगञ्जसम्मको लिंक रोडको काम गौरी पार्वती÷देव एण्ड सायर÷भूमिले संयुक्त रुपमा पाएको छ ।
५७ करोड ३१ लाख रुपैयाँको यो सडक खण्डको काम २०८१ साउनसम्म गरिसक्नुपर्ने हो । सो सडक निर्माणको लागि २०७८ माघ २ गते सम्झौता भएको थियो । तर सम्झौता भएको लामो समय पछि अर्थात झण्डै दुई वर्षपछि मात्रै निर्माणको काम थालेको हो ।
यसकारण स्थानीयहरुमा निर्माण कम्पनीको काम गराईप्रतिको आशंका छ । ठेकेदार कम्पनीले काम सुरु गरेपनि जानकारहरु ठेक्काको सम्झौता अवधी सकिन छ महिनामात्रै बाँकी रहेकोले यो अवधीमा केही काम गरेर सम्झौता अवधी बढाउन योजनामा निर्माण कम्पनीले अन्तिम समयमा आएर काम थालेको दावी गर्छन ।
ठेकेदार कम्पनीले अन्तिम समयसम्म पनि काम अगाडि नबढाउँदा ठेक्का रद्द हुने र उ कालोसूचीमा पर्न सक्छ । त्यसैले अन्तिम समयमा तिब्रताका साथ काम गरेर कम्तीमा २५ प्रतिसतसम्म काम गरेर पहिलो रनिङ बिलसमेत भुक्तानी लिएर समय थप्ने प्रयासमा यो काम थालेको देखिन्छ ।
यता यस क्षेत्रका जनप्रतिनिधि, नागरिकसहित सरोकारवालाहरुले निगरानी र खवरदारी गर्नु पर्ने आवश्यकता रहेको बताउँदै पुर्व सांसद मेहताले निर्माण कार्य म्याद थपको लागि नभई निर्माण पुरा गराउने हिसावले सम्बन्धित निकायलाई लाग्नुपर्ने बताए

Discussion about this post