सुनसरी । नेपाल यादव सेवा समिति सुनसरीका नवनिर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन मण्डलका संयोजक अधिवत्ता लखनलाल यादव, सदस्य जयकृष्ण यादव र अभिनन्दन यादवले पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गर्दै पदभार ग्रहण गराएका थिए । प्रमाण पत्र वितरण कार्यक्रममा समितिका अध्यक्ष देवकृष्ण यादव(गोबर्धन)को नेतृत्वका ३० जना पदाधिकारीहरुलाई प्रमाण पत्र प्रदान गर्दै पदभार ग्रहण गराइएको हाे ।गत सनिबार भएको नेपाल यादव सेवा समिति सुनसरीको प्रथम जिल्ला सम्मेलनबाट देवकृष्ण(गोवर्धन) यादवको अध्यक्षतामा ३० सदस्य समिति सर्वसहमतिमा निर्वाचित भएको थियो । जिल्ला उपाध्यक्ष ब्रहमदेव यादव, विधानन्द यादव, अभिनन्द यादव, आषिश यादव, चन्दन यादव, ओमप्रकाश यादव र सत्यनाराययण (सत्य) यादव, महासचिवमा मनोजकुमार यादव, सचिवमा रामचन्द्र यादव, सहसचिवमा सञ्जय यादव र कोषाध्यक्षमा रामाधिन यादव सर्वसहमतिमा निर्वाचित भएको छन् ।
त्यसैगरी सदस्यहरुमा सुकदेव यादव, रविन्द्र यादव, सञ्जय यादव, देवकृष्ण यादव(विकाश), जितेन्द्र यादव, दुर्गानन्द यादव, ओमनारायण यादव, सत्यनारायण यादव, चन्दन यादव, अरुण यादव, महेन्द्र यादव, हिरालाला यादव, पिन्टु यादव, सूर्यनारायण यादव, पप्पु यादव, विनोद यादव, प्रदिप यादव, महेन्द्र यादव सहित सर्वसहमतिमा निर्वाचित भएको थियो । उनीहरू सबैलाई प्रमाण पत्र वितरण गरिएको जनाएको छ ।
Discussion about this post