इनरुवा । सुनसरी जिल्लाका न्यायाधीश सहितको एक टोलीले भाेक्राहा नरसिंह गाउँपालिकाको न्यायिक समितिले गरेका काम कारबाहीको अनुगमन गरेको छ ।
जिल्ला न्यायाधीश उद्धब प्रसाद गजुरेल , शाखा अधिकृत संजय यादव, नायब सुब्बा मणि दाहाल सहितको टोलीले मंगलबार गाउँपालिकामा पुगेर न्यायिक समितिको काम कारबाहीको अनुगमन गरेको हो ।
भाेक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँवको संयोजकत्वमा रहेको न्यायिक समितिले प्रक्रियागत कुराको अनुगमन गरिएको जिल्ला न्यायाधीश गजुरेलले बताए । यता न्यायिक समितिले सम्पादन गर्ने मुद्दाहरु शुरुदेखि फैसलासम्मका प्रक्रिया मिले नमिलेकोबारे अनुगमन गरिएको भाेक्राहा नरसिंह गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख तुलशा निराैलाले जानकारी दिइन् ।
अनुगमन टोलीले भाेक्राहा नरसिंह गाउँपालिकाको न्याय सम्पादन प्रक्रिया सन्तोषजनक रहेको जिल्ला अदालत सुनसरीका शाखा अधिकृत संजय यादवले जानकारी दिए । उता भाेक्राहा नरसिंह गाउँपालिकामा रहेको मेलमिलाप केन्द्र र पालिकामा रहेको न्यायिक समितिले आफ्नो कार्यसम्पादन गर्दै आएकाे महिला तथा बालबालिका शाखा प्रमुख निराैलाले बताइन् ।
Discussion about this post