इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा कोभिड १९ कोरोना भाइरसको सक्रमणपछि रोकिएको दुई वटा रात्रिकालिन खेलकुदा प्रतियोगिताको तेस्रो सस्करण हुने निश्चीत भएको छ ।
फुलबारी क्रिकेट कल्वको आयोजनामा हुने राष्ट्रिय क्रिकेट प्रतियोगिता तथा कोशी प्रदेश स्तरीय भलिवल प्रतियोगिता आउदो चैत र बैशाख महिनामा हुन लागेको हो ।
सोमबार इनरुवा नगरपालिकामा आयोजित एक कार्यक्रममा इनरुवाका मेयर केदार भण्डारी र वर्णमाला दैनिकका सहसम्पादक राजेन्द्र पोखरेलले प्रतियोगिताका लागि तयार गरिएको प्रोमो तथा जर्सी सार्वजनिक गरेका छन ।
सो अवसरमा मेयर केदार भण्डारीले इनरुवा खेल मैदानमा निर्माण कार्य छिटो भन्दा छिटो समपन्न गरि इनरुवामा कोरोना सक्रमणपछि रोकिएका सवै खेलकुदका प्रतियोगिताहरु संचालनमा ल्याउने बताए ।
खेल क्षेत्रको विकासका लागि नगरपालिकाले खेलाडी तथा खेलकुदका आयोजक प्रशिक्षकलाई आवश्यक सहयोग गर्ने मेयर भण्डारीले प्रतिवद्धता जनाए ,।
फुलवारी त्रिकेट क्लवका अध्यक्ष शिव यादवले आगामी चैतको पहिलो हप्ता आयोजना हुने तेस्रो रात्रिकालिन मेयरकप भलिवल प्रंतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्ला तथा नगरपालिकाका भलिवल टिमको सहभागीतामा प्रतियोगिता हुने जनाए ।
अध्यक्ष यादवले यसैगरि वैशाखको पहिलो हप्तामा नेपालका विभिन्न जिल्ला तथा विभागिय टिमको सहभागीतामा तेस्रो मेयरकप रात्रिकालिन क्रिकेट प्रतियोगिता आयोजना गरिने बताए ।
Discussion about this post