मान बहादुर ठकुल्ला/टीकापुर । टीकापुर नगरपालिका वडान ७ मा युवा सङ्ग मेयर कार्यक्रम अन्त्रगत खुल्ला वडा स्तरिय फुटबल प्रतियोगिता टीकापुर नगरपालिका वडा न ७ स्थित सत्ती खेलकुद मैदानमा जारी रहेकाे छ ।
मंगलबारका दिनमा भएको फुटबल प्रतियोगितामा पहिलाे खेल टीकापुर नगरपालिका वडा न ७ बि र राजापुर वडा न ६ बिच भएको थियाे ।भएकाे प्रतियोगितामा टीकापुर नगरपालिका वडा न ७बि लाई राजापुर वडा न ६ ले ४-0 गाेलले जित हासिल गरेकाे छ । जसमा राजापुर वडा न ६ का विशाल चाैधरीले २ गाेल गरेका थिए भने अमित चाैधरी र अरुण चाैधरीले गाेल गरेका थिए । प्रतियोगिताकाे दाेश्राे खेल वडा न ५ र भजनी नगरपालिका वडा न ५ बिच हुने तालिका अनुसार टीकापुर वडा न ५ काे टिम अनुउपस्थित भए पश्चात् वाकअाेभर पाएर भजनी नगरपालिका वडा न ५ बिजय भएको छ । त्यसैगरि अन्तिम खेल टीकापुर २ बि र टीकापुर वडा न ६ बि बिच भएकाे थियाे । जुन खेलमा टीकापुर ६ बि ले २ – ० गाेल अन्तरले बिजय हासिल गरेकाे छ । बुधबार हुने फुटबल प्रतियोगितामा जाेशीपुर गाउपालिका वडा न ७ र गेरुवा गाउपालिका वडा न ४ का बिच पहिलो प्रतियोगिता हुनेछ ! दोस्रो प्रतियोगिता टीकापुर वडा न ३ र टीकापुर नगरपालिका वडा न १ बि बिच प्रतिस्पर्धा रहने छ भने तेस्रो खेल मैत्रीपुर्ण खेलका रुप सत्ती स्थित कर्णाली माबि र नाेबेल पब्लिक बाेर्डिङ्ग सणकुलका छात्राहरुकाे खेल हुने अायाेजक समितिका संयाेजक महेश रावलले जानकारी दिएका छन । खुल्ला वडा स्तरिय फुटबल प्रतियोगितामा बर्दिया जिल्लाकाे राजापुर नगरपालिका , गेरुवा गाउँपालिका , कैलालीको टीकापुर नगरपालिका , भजनी नगरपालिका जाेशीपुर गाउपालिका विभिन्न वडाका २४ वटा टिमकाे सहभागिता रहेकाे छ भने प्रतियोगिता २१ गते सम्म संचालन रहने छ ।प्रतियोगितामा बिजेता टिमले नगद ५१ हजार सहित ट्रफी मेडल प्रमाण पत्र समेत पाउने छन भने उप बिजेता ले नगद ३१ हजार सहित ट्रफी मेडल प्रमाणपत्र पाउने छन ।प्रतियोगितामा उत्कृष्ट खेलाडी , उत्कृष्ट गाेलरक्षक, उत्कृत डिफेन्डर,उत्कृष्ट मिट खेलाडीलाई नगद २५ सय प्रदान गरिने जानकारी दिएकाे छ । कुनै समयमा सत्ती खेलमैदानमा फुटबल प्रतियोगिताका लागि देश विदेशका फुटबल खेलाडी खेल्ने स्थानका रुपमा परिचित थियो ।
Discussion about this post