दिपेन्द्र यादव/ सुनसरी । नेपाल यादव सेवा समिति जिल्ला कार्य समिति सुनसरीले भब्यताका साथ हाेली मिलन समारोह सम्पन्न गरेको छ ।
आज सुनसरी सदरमुकाम इनरूवामा आयाेजित हाेली मिलन कार्यक्रममा शुभकामना आदानप्रदान सँगै “खिर, पुवा, दुधकाे सर्वत” लगायतको कार्यक्रम गरि हाेली मिलन समारोह सम्पन्न गरिएको हाे ।
हाेली मिलन कार्यक्रममा जिल्ला अध्यक्ष देवकृष्ण यादव(गाेबर्धन) ले यादव समुदाय एकतामा आफुले गर्नुपर्ने मेहनत गरिराख्ने र आफुलाई गर्नुपर्ने त्याग समेत गर्न पछप नहट्ने बताएका छन् ।त्यस्तै कार्यक्रमका प्रमुख अथिति एवम् काेशी प्रदेश सभा सदस्य रामदेव यादवले कार्यक्रममा बाेल्दै भने आफुपनि यादव समुदाय अन्तरगतकै (घाेसिन) यादव भएपनि सबै यादव समुदायको एउटै गाेत्र रहेको जानकारी गराउदै सबैलाई एकताबद्ध हुन् सम्पुर्ण यादुबंशीहरूलाई आग्रह गरेका हुन् ।
साेही कार्यक्रममा बिशिस्ट अतिथिको रूपमा सहभागी भएका भाेक्राहा नरसिंह गाउँपालिकाका पुर्व अध्यक्ष महेन्द्र प्रसाद यादवले कार्यक्रममा बाेल्दै भने यादव समुदायको एकता अपरिहार्य रहेको बताए ।
उनले कार्यक्रममा बाेल्दै भने यादव समाजमा राजनीति सामाजिक वा अन्य कारणले उत्पन्न घृणालाई प्रेममा बदल्न होली पर्व मनाउन आवश्यक रहेको बताएका छन् ।
यादव समुदाय भित्र रहेका सामाजिक तथा राजनीतिक वा अन्य कारणले उत्पन्न घृणालाई प्रेममा बदल्न यादव समुदाय भित्र रहेका विभिन्न “थर” जातमा विभाजित सम्पुर्ण यदुबंशी “यादव” समुदायलाई एक ठाउँमा आउन आग्रह समेत गरेका छन् ।
साे कार्यक्रममा नेपाल यादव सेवा समिति सुनसरीका सल्लाहकार भुवनेश्वर यादव, जयकृष्ण यादव,लखनलाल यादव, माेरगंका प्रतिनिधि नारायण यादव , प्रधानाध्यापक गंगा यादव, दुहबी अध्यक्ष गाेविन्द यादव, काेशी अध्यक्ष राजेन्द्र यादव, भाेक्राहा नरसिंहका अध्यक्ष रमेश प्रसाद यादवले हाेली मिलन कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए ।उक्त कार्यक्रम नेपाल यादव सेवा समिति सुनसरी अध्यक्ष देवकृष्ण यादव (गाेबरधन) काे अध्यक्षता तथा काेशी प्रदेश सभा सदस्य रामदेव यादवकाे प्रमुख आथित्यतामा हाेली मिलन कार्यक्रम सम्पन्न भएको थियोे । भने कार्यक्रमको उद्वघाेषण नेपाल यादव सेवा समिति सुनसरीका सचिव रामचन्द्र यादवले गरेका थिए ।
Discussion about this post