दिपेन्द्र यादव/इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाकै इतिहासमा पहिलोपटक माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा केन्द्र कायम भएपछि परिक्षामा सहभागी परिक्षार्थीहरूलाई भब्य स्वागत गरेका छन् ।
भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले एसइई परिक्षामा सहभागी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिदैं खादा र अबिर लगाएर भब्य स्वागत गरेका हुन् ।उनले परिक्षार्थीहरूलाई स्वागत सम्मान गर्दै परीक्षा अवधिभर शान्तिपूर्ण तथा भयरहित वातावरणमा ढुक्कसँग परीक्षामा सहभागी हुन सबैलाई आह्वान पनि गरेको छन् ।
त्यस्तै पालिका अध्यक्ष अजमल अख्तरले भाेक्राहा नरसिंह गाउँपालिकाकै इतिहासमै पहिलोपल्ट माध्यमिक शिक्षा परीक्षा “एसइई” केन्द्र पालिका अन्तरगत रहेका ८ वटै वडाका विद्यार्थीहरूलाई आउनजान सहज हुने ठाउँमा कायम भएपछि गाउँवासीहरूमा पनि खुसयाली छाएको बताए ।यता १९९० सालमा नेपालमा एसएलसी परीक्षा वोर्डको स्थापना हुनुभन्दा अघि नेपाली विद्यार्थीहरु प्रवेशिका परीक्षा दिन भारतको कोलकत्ता जाने गरेका थिए ।
विसं १९३६ सालदेखि कोलकत्तामा प्रवेशिका परीक्षा अर्थात् म्याट्रिक दिने व्यवस्था मिलाएका राणा शासकहरुले विसं १९८० देखि नेपाललाई नजीक पर्ने गरी पटनाबाटै म्याट्रिक दिने व्यवस्था मिलाइएको थियो ।२०७३ सालमा सरकारले संसोधन गर्दै १ देखि ८ सम्म आधारभुत र ९ देखि १२ सम्म विद्यालय शिक्षाका रुपमा निर्धारण गरेपछि २ वर्षदेखि एसईईका रुपमा परीक्षा लिन थालिएको हो ।
८३ वर्षसम्म रहेको एसएलसीको इतिहास वि.सं २०७३ सालमा आएर रोकिएकाे थियो । भने २०७३ पछि विद्यालयको तहगत संरचनालाई परिवर्तन गर्दै सरकारकले एसएलसीलाई एसईईमा रुपान्तरण गरिएको थियोे ।विक्रम सम्वत २०७३ को निर्णयलाई कार्यान्वयन गर्दै नतिजालाई ग्रेडिङ प्रणालीमा रुपान्तरण गर्ने उद्देश्यका साथ विसं २०७५ सालदेखि एसईई परीक्षा प्रणाली सुरुवात भएको हाे ।
यता झन्डै ९० वर्षपछि भाेक्राहा नरसिंह गाउँपालिकामा माध्यमिक शिक्षा परीक्षा “एसइई” परीक्षा केन्द्र कायम भएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खगेन्द्र सुवेदीले जानकारी दिए ।नयाँ कायम गरिएको चिराैली स्थित पृथ्वीनारायण माध्यमिक विद्यालय परिक्षा केन्द्रमा शारदा माध्यमिक विद्यालय भोक्राहा नरसिंह १(ढाेक), जनता माध्यमिक विद्यालय भोक्राहा नरसिंह ३ (शिवगञ्ज), शजनता माध्यमिक विद्यालय भोक्राहा नरसिंह ७ (नरसिंह) र जामिया इस्लामीया भोक्राहा नरसिंह ४ (आकाहा) का अध्ययनरत विद्यार्थीहरू सहभागी भएका छन् ।यता आज बिहीबार सम्पन्न भएको अंग्रेजी विषयको परिक्षामा नियमित तर्फ २ सय परिक्षार्थी मध्ये १ सय ९९ जना र ग्रेडवृद्वि तर्फ २ जना मध्ये १ जना गरि जम्मा २ सय जना विद्यार्थीहरूको सहभागीता रहेको शिक्षा तथा समन्वय इकाईका प्रमुख सुवेदीले बताए ।
Discussion about this post