ताविल अन्सारी/सुनसरी ।भारतको सिमासँग जोडिएको हरिनगर गाउँपालिकाका जनताका जीउधन सुरक्षाका लागि हरिनगर गाउँपालिकाले सडकबत्ती तथा सिसि क्यामरा जडान गर्दै शान्ति सुरक्षा तर्फ केन्द्रित भएका छन् । खास गरी सिमापारीबाट हुने चोरी , तस्करी , सडक सवारी दुर्घटनालाई मध्यनजर गर्दै ठाउँ ठाउँमा सिसि क्यामरा तथा हाईमाक्स टावर सडकबत्ति जडान गरिएको हो ।हरिनगर गाउँपालिकामा ७ वटै वडाको १२ स्थानमा हाइ माक्स टावर लाइट जडान गरेको छ।हरिनगर गाउँपालिका वडा नं(१ स्थित हनुमान मन्दिर अगाडि हुलाकी सडकमा, वडा नम्बर २ स्थित भुटाहा बजारबाट घुस्की तथा हरिनगरा जाने हुलाकी सडकमा हाइ माक्स टावर लाइट सडक बत्ती जडान गरिएका छन् ।
यसैगरी हरिनगर वडा नम्बर २ स्थित स्वास्थ्य चौकी अगाडि पनि हाइ माक्स टावर लाइट सडक बत्तीको जडान गरिएको छ।हरिनगर वडा नम्बर(३ गौतमपुरको नयाँ हाटमा हाइ माक्स टावर लाइट सडक बत्ती जडान गरिएको छ। हरिनगर वडा नम्बर(४ स्थित शिव मन्दिर अगाडि हुलाकी सडक र बजार जाने सडकमा हाइ माक्स टावर लाइट जडान गरेको छ।हरिनगर वडा नम्बर ५ स्थित वसन्तपुरमा दुर्गा मन्दिर अगाडि भुटाहा(घुस्की र वसन्तपुर(हरिनगरा सडकमा पनि हाइ माक्स टावर लाइट सडक बत्ती जडान गरिएको छ।हरिनगर वडा नम्बर ६ को अर्नमा र घुस्की बजारमा पनि हाइ माक्स टावर लाइट स्मार्ट सडक बत्ती जडान गरिएको छ। वडा नम्बर ७ घुस्की( घुरणा र घुस्की(देवानगंज सडकको मुख्य घुक्की बजारमा स्मार्ट सडक बत्ती जडान गरिएको छ।
त्यसैगरी हरिनगर वडा नम्बर ७ सिकारी टोलमा पनि हाइ माक्स टावर लाइट सडक बत्ती जडान गरिएको छ। त्यस्तै हरिनगर गाउँपालिकाको कार्यालय अगाडि पनि स्मार्ट सडक बत्ती जडान गरिएको पालिका अध्यक्ष हाजी गफार अन्सारी मियाँले बताए ।
सोलारभन्दा बिजुली किफायती हुने अध्ययनमा देखिएपछि बत्ती जडान गर्नेबारे कार्यपालिकामा छलफल गरेर उज्यालो हरिनगर अभियान सुरु गरेको अध्यक्ष अन्सारीले बताए ।यस अघि हुलाकी राजमार्गमा सडक दुर्घटनालाई मध्यनजर गर्दै गाडीको रंग र नम्बर प्लेट समेत स्वतः कैद हुने स्मार्ट सिसि क्यामरा टिभि जडान भई सकेका छन् ।
Discussion about this post