दिपेन्द्र यादव/इनरुवा । सुनसरीकाे भाेक्राहा नरसिंह गाउँपालिकाकाे सदरमुकाम “चिराैली चाैक” लाई बजारमा रूपान्तरण तथा साैन्दर्यकरण हुने भएका छन् ।भाेक्राहा नरसिंह गाउँपालिकाकाे सदरमुकाम समेत रहेको चिराैली चाैकलाई थप व्यवस्थापन तथा साैन्दर्यकरण गर्न पालिका अध्यक्ष अजमल अख्तर आजादले विभिन्न याेजनाका साथ प्राविधिकहरूलाई फिल्डमा खटाएका छन् ।आज शुक्रबार पालिका अध्यक्ष अमलम आजाद, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे, वडा नम्बर वडाध्यक्ष ४ का वडाध्यक्ष हारूण अंसारी, याेजना शाखा प्रमुख आशिष निखिल साह सहितका टाेली विभिन्न याेजनाका साथ फिल्डमा पुगेपछि त्यहाँका स्थानीयहरू आश्चर्यचकित भएका थिए ।स्थानीयहरूले आज एकाएक पालिका अध्यक्ष अजमल अख्तर आजाद र प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे सहितका टाेली विभिन्न याेजनाका साथ एक्सनमा आउँदा आफुहरू हृदय देखि खुशी भएको स्थानीय बजारका व्यापारीहरू बताउँछन् ।स्थानीय एक व्यापारीले प्रदेश प्वाइन्ट मिडियासँग बाेल्दै भने यहाँका व्यापारी तथा उपभोक्ताहरूलाई किनबेच गर्न सहज नभएको गुनासो पालिका अध्यक्ष आजाद समक्ष गर्दा एकाएक याेजना सहित फिल्डमै प्राविधिक खटाउदाँ आफुहरू खुशी भएको जानकारी दिए ।उता पालिका अध्यक्ष आजादले स्थानीय तहले नेपालको संविधान, पशु वधशाला र मासु जाँच ऐन, २०५५ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०५५ ले दिएको मासु बजार व्यवस्थापनको अधिकार कार्यान्वयन गर्ने दायित्वलाई प्राथमिकतामा राखेर मासु बजार छुट्टै स्थानमा वव्यवस्थापन गर्न लागिएको बताए ।उनले मासु बजार र यात्रु प्रतिक्षालय निर्माण गर्ने स्थानमा तत्काल ग्राभेल गरि “सुन्दर चिराैली बजार” बजाउन विभिन्न याेजना अघि बढाउन प्राविधिक फिल्डमन खटाएको बताए ।आम नागरिकलाई विकास निर्माणको अनुभूति गर्ने गरी चिराैली बजारको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिईसकेकाे जानकारी दिए ।बजार साैन्दर्यकरण गर्न छुट्टाछुट्टै याेजना ?
चिराैली चाैकलाई बजारमा रूपान्तरण गर्नका लागि साैन्दर्यकरण गर्न याेजना धमाधम सुरू गर्ने भएका छन् ।
महेन्द्र राजमार्गदेखि उत्तर साइड करिब ५ सय मिटर सम्म स्तरीय ग्राभेल गर्ने भएको छ ।उक्त ग्राभेल गरिएको ठाउँमा माछामासु बजार व्यवस्थापन गर्ने, लामो तथा छोटो दुरिमा यात्रा गर्ने यात्रुहरुलाई विश्राम गर्नका लागि यात्रु प्रतिक्षालय निर्माण गर्ने, प्रहरी बिट निर्माण गर्ने भएका छन् ।त्यस्तै महेन्द्र राजमार्ग देखि उत्तर वडा नम्बर ४ काे कार्यालय तथा शिव मन्दिर सम्म सडक बाहेकको ठाउँमा ब्लक ओछ्याइने, आधुनिक नाला निर्माण गर्ने लगायतको याेजना अघि बढाउन लागिएको पालिका अध्यक्ष आजादले बताए ।
Discussion about this post