इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका किसानहरूकाे लागि दीर्घकालीन साेचका साथ अघि बढिरहेका छन् ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले किसानहरूकाे लागि विभिन्न किसिमका कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएका हुन् ।
उनले हिजाे मंगलबार दीर्घकालीन कृषि सहकारी संस्था लिमिटेड भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ ल आयाेजना गरेको मकैबाली प्रबर्द्धन कार्यक्रम अन्तरगत ५०% अनुदानमा किसानहरूलाई कृषि सामग्री हस्तान्तरण गरेका छन् ।उनले यस क्षेत्रका अधिकांश जनता कृषिमा अधारित भएको र कृषकलाई निकै समस्या रहेकाले कृषि सहकारी संस्था, कृषि समूह मार्फत मकै प्लान्टर अटाेमेटिक , पावर स्प्रेयर, त्रिपाल र काेदालाे लगायतका विभिन्न सामग्री वितरण गर्दै आइरहेका जानकारी दिए ।उनलेे किसानको पीडा आफुले राम्रोसँग बुझेको भन्दै खेत खेतमा सिंचाइका सुविधा पुर्याउन उनीहरूकाे लागि विद्युतीकरणकाे याेजना ल्याउन आफुले विभिन्न निकायलाई पत्र समेत पठाएको जानकारी गराएका छन् ।
उनले भाेक्राहा नरसिंह गाउँपालिकाकाे ८ वटै वडाका किसानहरूको लागि तत्काल ४” (इन्च) काे बोरिङ र माेटर वितरण समेत गर्ने अध्यक्ष आजादले बताएका छन् ।
उनले एक सताभित्रै पालिका अन्तरगतका झन्डै ५ सय किसानहरूलाई सिंचाइका लागि बाेरिंग र माेटर वितरण गर्ने बताएका हुन् ।
यता गाउँपालिकामा बाेरिंग र माेटर भण्डारण भइसकेको र आवश्यक काम गर्न केही दिन लाग्ने कृषि शाखाले जनाइएको छ ।
Discussion about this post