इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारी र जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी निरीक्षक बिशाल लिम्बु २०८० साल चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सुनसरी हरिनगर गाउँपालिका-२ का आशिफ अंसारीको पैसा भएको झोला अपरिचित व्यक्तिहरुले लिई भागेको घटनाको अनुसन्धानको क्रममा मो. इब्रान मन्सुरी मियाँ र उमेश मुखियालाई पक्राउ गरेको, हरिनगर गाउँपालिका-३ स्थितमा हिन्दु र मुस्लिम समुदाय बिच उत्पन्न विवादलाई प्रहरी जनशक्तिको प्रभावकारी परिचालन गरि जनधनको क्षति हुनबाट जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र “१२ वर्षे तेश्रो पिण्डेश्वर पूर्ण महाकुम्भ मेला” को सुरक्षार्थ प्रभावकारी सुरक्षा योजना बनाई प्रहरी परिचालन गरेको छ ।
साथै प्रहरी निरीक्षक बिशाल लिम्बुले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भोजपुर अरुण गाउँपालिका-४ का सौरभ तामाङलाई झापा जिल्लाको कांकडभिट्टाबाट पक्राउ गरेको, आमचोक गाउँपालिका-७ मान्द्रे भिरबाट हस्त बहादुर मगर लडी मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा संलग्न पदम बहादुर मगरलाई भरुवा बन्दुक थान-२ सहित पक्राउ गर्नुका साथै भोजपुर नगरपालिका-५ का चन लामा भन्ने छिरिङ ग्याम्बोलाई मोटरसाइकल चोरी भएको घटनामा अनुसन्धानको क्रममा पक्राउ गरेको हुँदा निजहरुले सम्पादन गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल चैत्र “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको छ ।
Discussion about this post