दिपेन्द्र यादव/इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाले आयोजना गरेको पाठेघरको मुखको क्यान्सर सम्बन्धी एकदिने स्वास्थ्य शिविरमा १७८ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् ।करूणा फाउन्डेसन नेपाल र फिमेल क्यान्सर फाउन्डेसन,नेदरल्यान्डकाे प्राविधिक सहयोगमा भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ नरसिंहमा आयोजना गरिएको सो निःशुल्क स्वास्थ्य शिविरमा महिलाको पाठेघरको क्यान्सरबारे भि आई ए विधिद्वारा परीक्षण गर्नुका साथै थप उपचारको आवश्यकता परेको बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हिरा साहले जानकारी दिइएको छ ।
शिविरमा १७८ जना महिलाको स्वास्थ्य परीक्षण गर्दा ६ जना महिलाको भिआइए टेस्ट पोजेटिभ देखिएको र ८ जना बिरामी महिलाले रिङ्गपेसरी लगाएको बताए ।त्यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले महिलामा घातक रोगको रूपमा देखिएको पाठेघरको मुखको क्यान्सर रोग परीक्षण र उपचारका लागि सचेतना फैलाउन आवश्यक रहेको बताइएको छ।
आज भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ नरसिंहमा आयोजित एक कार्यक्रममा महिलालाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउनका लागि जनचेतना फैलाउन आवश्यक रहेको औँल्याइएको हो। जोगिन सकेमा क्यान्सर केही नरहेको उल्लेख गर्दै क्यान्सर सम्बन्धि गाउँ गाउँमा जनचेतना फैलाएर पाठेघरको मुखको क्यान्सरबाट धेरैलाई जोगाउन सकिने जानकारी दिए । उनलेे भने हाम्रो समाजमा स्त्री रोग परीक्षण गराउन अझै पनि लाज मान्ने र धेरैलाई ज्ञानसमेत नहुने कारणले नेपालमा पाठेघरका मुखको क्यान्सरको बिरामी बर्सेनि १० हजार थप भइरहेको जनाइएको छ। यो रोगको कारण दैनिक चार जना महिलाले ज्यान पनि गुमाइरहेका छन्। जुन, गर्भावस्थाका कारण महिलाको हुने मृत्युभन्दा बढी मृत्यु हो।
गर्भावस्थाका कारण हुने आमाको मृत्युभन्दा पनि पाठेघरको मुखको क्यान्सरका कारण महिलाको मृत्यु बढी भइरहेको बताए । उनका अनुसार गर्भावस्थाका कारण दैनिक दुई महिलाको ज्यान जाने गरेको छ।
Discussion about this post